दर्भान र पुण्यखोलामा चुनावी सभा सम्पन्न

मंसिर ३ । संयुक्त बाम गठबन्धनले सरूमारानी १ दर्भान र प्युठान नगरपालिका ४ र ७ को पुण्य खोलामा चुनावी सभा गरेको छ । कृष्ण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुर्गा पौडेल, एमाले नेता एवं प्युठान क्षेत्र नम्बर १ का सासद हरि रिजाल, नेपाल लोकतान्त्रिक मगर सङ्घका अध्यक्ष एवं एमालेका समानुपातिक उमेद्वार भोज विक्रम बुढामगर, माओवादी केन्द्रका नेता लगायतले संबोधन गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रत्यक्ष उमेद्वार दुर्गा पौडेलले महिलाहरूलाई केही गर्न सक्दैनन् भनेर होच्याउनेहरूलाई महिलाले नै चुनौती दिनुपर्ने बताइन
बाम गठबन्धन र महिलाहरूको अधिकारमा कुण्ठित गर्न खोज्नेहरूलाई महिलाको तागतलाई नगिराउन भन्दै महिलाको सम्मान गर्न सिक भन्दै चुनौति दिइन् ।

यस्तै उम्मेदवारहरूले आफ्नो अमुल्य मत खेर नहाल्न आग्रह गरेका छन् । नेताहरूले मतदाता शिक्षालाई कुनामा रहेका बस्तिसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिएका छन ।

जिल्लामा रहेका माओवादी केन्द्रका नेता भने काठमाण्डौ पुगेका छन् । नेकपा माओवादी केन्द्रका नेता मणि थापा र नेता तथा प्युठान प्रदेशसभा क्षेत्र नम्बर २ का उमेदवार चुनवी कार्यक्रम रोकेर पार्टी अध्यक्ष प्रचण्डका सुपुुत्र एवं पार्टीका केन्द्रीय सदस्यको अन्तिम श्रद्धाञ्जली दिन पुगेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!