अलबिदा प्रकाश !

लोकेश धामी

मंसिर ३ । यति चाँडै बिदा हुने कल्पनासम्म गरेका थिएनौं । तर, अपशोच कल्पना नगरेकै कुरा भएको छ, आज । अलबिदा हुने कुनै संकेत देखिएका थिएनन्, अझै भनौं यति चाँडै बिछोडिने । तर, कुन्नी के कारणले हो आज तपार्इं र हाम्रो यात्रामा एक्कासी विश्राम लाग्यो । यस पछाडीको रहस्य खोतल्ने हामीसँग कुनै उपाय छैन । तपाईको अकस्मातको निधनले अहिले सामाजिक संजालका भित्ता रगिंएका छन् । तपाईकै तस्विरले सामाजिक संजालका वाल ओगेटिएका छन् ।

कल्पनासम्म नगरेको कुरा अचानक सुन्दा सबै अचम्मित भएका छन् । तपाईले गरेका राम्रा कार्यको सबैले विभिन्न माध्यमबाट सगर्व प्रशसां गरिरहेका छन् । यति चाँडै तपाईसँगको सहयात्रा टुट्दा कयौं साथी तपाईका यादमा तड्पिरहेका छन् । निर्वाचनको मुखमा देश दौडाह गर्दागर्दै तपाईको बिदाले दाहाल परिवारमा मात्र होइन सिंगो देश नै शोकाकुल बनाएको छ । तपाईको रहस्यमय विदाईबारे हरेक सामाजिक संजाल प्रयोगकर्ताले श्रृद्धान्जली अर्पण गरिरहेका छन् ।

तपाईको नामसम्म नसुनेका व्यक्तिले समेत अल विदा प्रकाश भन्दै श्रृद्धाञ्जलीका शब्द पोष्ट गरेका छन् । मानिसको जीवन कतिबेला के हुन्छ ? भन्ने कुराको पुष्टि तपाईको अकस्मात्को निधनले गर्छ । तपाईजस्तो देशको लागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएको युवाको अचानक निधनले देशले ठूलो क्षति बेहोरेको छ भन्दा फरक नपर्ला । देशको लागि समर्पित भएर अहोरात्र खटिरहने युवाहरुको खडेरी परिरहेका बेला तपाईको जरुरत थियो । तर, निष्ठुरी भगवान्ले यति चाँडै खोसेर लग्यो । तपार्इंले गरेका राम्रा–नगराम्रा काम थुप्रै छन् । त्यस्ता उदाहरण प्रशस्तै छन् । कहिले आलोचना त कहिले प्रशसांको शिखर चढिरहनुभयो ।

जे जस्तो भएपनि आज हरेक नेपालीको मनमनमा बस्न सफल हुनुभएको छ । तपाईको अभाव समाज, परिवार तथा सिंगो देशलाई समय–समयमा खड्की रहने छ । गर्नु धेरै थियो । तर, जीवनको आधा समयमै विदा हुनुभयो । राष्ट्रका निम्ती केही गर्नु पर्छ भन्ने सपना पूरा हुन सकेन । ती सपना पूरा गर्न प्रकाशजस्तै युवाले अब तल्लीन हुनुपर्छ । मान्छेले जन्मसँगै मृत्यु पनि बोकेर ल्याएको हुन्छ छ । कसैले चिटो त कसैले ढिलो । अपसोच् तपाईको मृत्यु छिटो भयो । हार्दिक श्रद्धा, सुमन प्रकाश ।।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!