प्रकाश दाहालको निधनको घोषणापछि नर्भिक भावविह्वल बन्यो (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधनको खवरपछि आइतबार बिहानै काठमाडौको थापाथलीस्थित नर्भिक अस्पताल खचाखच भइसकेको थियो ।

प्रकाश विरामी भएको र उपचारका लागि नर्भिक ल्याएको समाचारपछि समर्थक, सुभेच्छुक, आफन्त लगायतका सर्वसाधारण अस्पताल परिसरमा पुगिसकेका थिए । विभिन्न दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको उपस्थितिका कारण बिहानैबाट अस्पताल परिसरमा सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गर्न हम्मेहम्मे परेको देखिन्थ्यो । अस्पतालमा उपस्थित सवैका मुहार मलिन देखिन्थे ।

जब चिकित्सकले प्रकाशको मत्युको घोषणा गरे तब त्यहाँको पुरै अवस्था भावविह्लल बनेको थियो । नेकपा प्रकाश माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरामात्रै नभएर माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत थिए ।

प्रकाश दाहालको हृदयघातका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालले प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण निधन भएको पुष्टि गरेको हो । आईतबार विहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्याइएका प्रकाशको अस्पतालले ६ बजेतिरै मृत घोषणा गरेको थियो ।

अस्पताल पुग्नु अघि नै प्रकाशको निधन भएको अस्पतालका चिकित्सक जेपी जैसवालले जानकारी दिए । दिवंगत दाहालका दुई वटी श्रीमति र २ वटा छोराहरु रहेका छन ।

अहिले दिवंगत दाहालको पार्थिक शरिरमा अन्तिम श्रद्धाञ्जली दिन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेन्छुक, आफन्तजनको ठूलो भीड लागेको छ ।

दिवंगत दाहालको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!