नर्भिक हस्पिटलका चिकित्सकले प्रकाश दाहालको निधनको कारण खुलायो

मङ्सिर ३ । नर्भिक अस्पतालका चिकित्सक डा‍‍.जेपी जैसवालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको निधन राती सुतेकै अवस्थामा भएको बताएका छन् । अध्यक्ष प्रचण्डसँगको भेटपछि डा.जैसवालले प्रकाशको निधन अस्पताल पुर्याउनुभन्दा ३ घण्टाअघि नै भईसकेको बताएका हुन् ।

प्रकाशलाई विहान ५ः५० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल पुर्याईएको थियो । चिकित्सक जैसवालले प्रकाशको निधन ९९ प्रतिसत हृदयघात र १ प्रतिसत ब्रेन ह्यामरेजका कारण भएको हुन सक्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!