दिवङ्गत प्रकाशको पार्थिक शरीरलाई पेरिसडाँडामा राखिँदै

काठमाडौं, मंसिर ३ । आज बिहान नर्भिक हस्पिटल लगिएको प्रचण्डको छोरा प्रकाश दाहालको अकस्मात निधन भएको छ ।

यतिबेला नर्भिक हस्पिटलमा अध्यक्ष पुष्पकमल दाहाल, उनको छोरी रेणु दाहाल र कान्छी छोरी पनि आइसकेको छ । कन्चनपुरबाट पत्नी बिना मगरको आइसकेकी छिन् । उनी आफ्नो पतिको शोकले भावविह्वल भएकी छन् भने लाजिम्पाटमा रहेकी सीता दाहाल चाहिँ आएकी छैनन् ।

नर्भिक हस्पिटलमा प्रकाश दाहालको अकस्मात निधनका कारण परिवार, आफन्तजनहरु निकै बज्रपात परेको छ । माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार–
‘उनको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा दिउँसो १:३० बजे राखिने भएको छ ।’

प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।

झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!