बलात्कारीलाई पक्राउ गर्न नसकेको भन्दै पीडित पक्ष आक्रोशित

पर्सा, मंसिर २ । पर्साको देवरवानामा भएको बलात्कार घटनाको स्थलगत अनुगमनका लागि मानव अधिकार कर्मीको टोली आज देवरवान पुगेको छ।

स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालको नेतृत्वमा गएको टोलीले पिडित पक्ष प्रहरी प्रशासनका प्रमुख, सखुवा प्रसौनी गाउपालिकाका प्रमख प्रदीप जयसवाल लगायतलाई भेट गरि घटनाको वस्तु स्थिति बुझेको थियो।

भेटघाटको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक महेश वस्नेतले एक हप्ता भित्रै वलात्कारको मुख्य अभियुक्तलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छने ।

गत कात्तिक ११ गते देवरवाना वडा ४ निवासी एक १६ वर्षिय किशोरीमाथि मन्सुर अन्सारी र मुख्तार अन्सारीले बलात्कार गरेको पीडित पक्षले किटानी जाहेरी दिएको भएपनि प्रहरीले हालसम्म दोषिलाई पक्राउ गर्न नसकेको भन्दै पिडित पक्ष आक्रोशित भएको छ।

अनुगमन टोलीमा समाजका कोषाध्यक्ष लालबाबु सिंह, हरेन्द्र पटेल, नन्दि किशोर यादप, दिपक साह कानु, समाजसेवी मुकेश सरावगी लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!