कैलालीको धनगढीमा बाम गठबन्धनको व्यापक चुनावी प्रचार

लोकेश धामी

कैलाली, मंसिर २ । कैलालीको निर्वाचन क्षेत्र नं.–५ मा बाम गठबन्धनले चुनावी प्रचार–प्रसारलाई व्यापकता दिएको छ ।

चुनावको मिति नजिकीएसंगै घर दैलो, भेटघाट तथा टोल सभा गरेर गठबन्धनले प्रचार–प्रसारलाई व्यापकता दिएको हो । यसैविच आज बाम गठबन्धनले धनगढी उप–महानगरपालिकाका विभिन्न ठाउ“मा घर दैलो, भेटघाट तथा टोल सभा गरेको छ ।

धनगढीको शिवनगर, वडा नं.–५ को लब्ली चोकमा टोल भेला, वडा नं.–२ को भन्सार रोडमा युवा भेला, वडा नं.–४ मा वाइसियल र युवा संघको संयुक्त भेला, यस्तै वडा नं.–१३ मा महिला भेला, वडा नं.–११ मा भक्तजनहरुसंग भेटघाट गरेको छ ।

यस्तै निर्वाचन क्षेत्र नं.–५ स्तरिय अखिल क्रान्तिकारीको भेला, निर्वाचन क्षेत्र स्तरिय अखिल नेपाल शिक्षक राष्ट्रिय शिक्षक र एकिकृत शिक्षक संगठनको संयुक्त भेला र निर्वाचन क्षेत्र स्तरिय युवा संघ र नेपाल वाइसियल नेपालको संयुक्त भेला सम्पन्न भएको छ ।

ति सबै भेला तथा टोल सभाहरुको निर्वाचन क्षेत्र नं.–५ का तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार नारदमुनि राना, प्रदेश सभाका कका उम्मेद्वार नेपालु चौधरी र खका उम्मेद्वार रमेश धामीले संवोधन गरेका थिए । संवोधन गर्दै उनीहरुले आफूहरुको जित शुनिश्चित रहेको दाबी गरेका थिए ।

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!