प्रदिप ज्ञवाली यसरी बनेका थिए कसैको केहिवेरको छोरी ज्वाँई

प्रेम सुनार

गुल्मी, मंसिर २ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उम्मेदवार प्रदिपकुमार ज्ञवालीले साविकको समेत क्षेत्र नम्वर १ मा आफुले आज भन्दा ३० वर्ष अघि विताएको भुमिगत राजनीतिक जिवन संर्घषवारे आफ्नो अनुभव र अनुभुतिहरु सार्वाजानिक गरेका छन ।

साविकको १ नम्वर क्षेत्रमा दुई हप्ता सम्म घर दलै कार्यक्रमका क्रमा उति वेला देखि परिचीत बुढा पाकाहरुको धेरै नै माया र आशिर्वाद लिई रहेका उमेदवार ज्ञवालीले भुमिगत राजनैतिक जिवन ताकाको आरोह अवरोह स्मण गर्दै क्षेत्र नम्वर १ का वासीन्दालाई आफ्नो राजनैतिक गुरु भनेका छन् ।

घर दैलोका क्रममा क्षेत्र नम्वर १ का धेरै बृद्ध बृद्धाहरुको त धेरै नै मायाँ पाएको देखियो नि रु भन्ने प्रश्नको जवाफ दिने क्रममा केहि वेर भावुक भएका उमेदवार ज्ञवालीले गलअवरुद्ध पार्दै केहि वेर क्याम्रा अफ गर्न आग्रह गरेका थिए । केहि वेर पछि उनले भने–‘ त्यती वेलाको स्मरणले मेरो मुटु भक्कानिन्छ ।

ज्वाँई बनेको स्मरण यसरी गर्छन ज्ञवाली

मलाई सत्र वर्षको उमेर देखि सेल्टर दिने त्यहीका युवा र वुवा आमा हुनुहुन्छ । २०४२ साल देखि म त्यस क्षेत्रबाट भुमिगत राजनीति सुरु गरेकको हुँ । पञ्चायती शासककहरुका पुलिसबाट बच्न कैयौं रात जंगलमा पनि विताईयो । एक दिनको कुरा हो मलाई समात्न भनेर पलिस एक परिवारको घरमा आए ।

त्यो घरकी आमाले उहाँ त मेरो छोरी ज्वाँई हो , बाग्लुङ्ग घरबाट आउँदै हुनुहुन्छ भनेर मलाई बचाउनु भएको थियो । जुन वेला मैले विहे गरेको थिईन् । मलाई ज्वाँई सम्वोधनले निकै अफ्ठ्यारो महुशस भएको थियो । त्यस्ता धेरै आमाहरु र वुवाहरुलाई त अहिले मैले भेटे तर वसाई सराईको समस्याका कारण उहाँलाई भने भेट्न सकिन । रुपन्देहीमा हुनुहुन्छ रे भेट्न जाँदै छु ।

वास्तवमा साविकको २ नम्वर क्षेत्र त मेरो जन्मथलो मात्रै हो, मेरो कर्मथाले भने कै साविकको १ नम्वर क्षेत्र हो । मैले पहिला पनि १ नम्वर क्षेत्र बाटै चुनाव लड्ने ईच्छा जाहेर गरेको थिएँ , पार्टीले नदिएर हो । यसपाली सोही क्षेत्र समेतको १ नम्वर क्षेत्र बन्नु र मैले उमेदवारी दिन पाउनु मेरो जिवन कै ठुलो शौभाग्य ठानेको छु र त्यहाँका जनताले म प्रति देखाएको उत्साहले मैले थप हौसला पाएको छु ।

हर्मिचौर, अर्वेनी, जयखानी , फोक्सीङ्ग, पुर्तिघाट , खड्गकोट, ग्वाघा , हरेवा, शान्तिपुर , हरौचौर , दिव्रुङ्ग , रुपाकोट लगायतका साविकका गाविसहरुमा घरदलो गरियो । त्यस क्रममा ३० वर्ष अघिको अनुभुति भयो ।

त्यहाँका वुवा आमा र युवाहरुको माया र म प्रति को भरोसा पहिले जस्तैको पाएँ । अरु दल विचारमा आश्था राख्ने आमा वुवाहरुले वावु हामीले दल भन्दा पनि तपाईलाई खोजेका छौं यसपाली भनेको सुने ।

त्यहाँका वासीन्दालाई केन्द्रमा कुरा पुराउने र समधान खोज्ने नेताको आवश्यकता भएको बुझें, मैले । कालिगण्डकी कोरिडोर नेकपा एमाले र माओवादी केन्द्रको पहलमा यहाँ सम्म ल्याईएको हो । त्यसलाई छिट्टै सम्पन्न गरे पछि त्यस भेगका वासीन्दाको मुहार फेरिने छ । क्षेत्र नम्वर १ लाई थप विकासका एजेण्डा र आय आर्जनमुलक कार्यक्रममा जोड दिएर जिवन स्तर उकास्ने हामी वामगठबन्धनको चुनावी घोषणा पत्र छ । जुन पुरा गरेरै छाड्ने छौं ।

जल जंगल र जडीवुटी त्यहाँको मुख्य श्रोत

विकासको दृष्टिले अहिले पनि साविकको १ नम्वर क्षेत्र कर्णाली संग तुलाना गर्नु पर्ने अवस्था रहे पनि प्रचुर श्रोतमा भने क्षेत्र नम्वर १ लाई अरु क्षेत्रले फेला नपार्ने उनको ठम्याई छ । प्रशस्त जल जंगल र जडिबुटी त्यही छ ।

पर्यटन विकासका दृष्टिले पनि सत्यवती, टिमुरे ताल , ऐतिहाँसिक चन्द्रकोट दरवार क्षेत्र, अर्को ऐतिहाँसक थलो भार्से, ठुलो लुम्पेक लगायतका स्थान मनोरम रहेकोले त्यहाँ होमस्टे, प्याराग्लाईडिङ्ग र भ्युटावर जस्ता पुर्वधारको विकास गरी पर्यटन भित्राउन सकिने उनको योजना छ ।

उनले गत केहि वर्ष यता भार्सेली युवाहरु देश विदेशम छरिएर पनि गुल्मी भार्सेली विश्व सञ्जाल गठन गरेर त्यहाँ प्यराग्लाईडिङ्ग र साईकलिङ यात्रा र त्यहाँको मौलिक सांस्कृतिक संरक्षणमा खेलेको भुमिकालाई सह्रान गर्दै त्यस कार्यक्रमलाई सरकारी तौरबाट सहयोगको वातवरण मिलाउने प्रतिवद्धता समेत जनाए ।

उनले आफु प्रदेश सभाका उमेदवार तथा पुर्व सांसद सुदर्शन वराल सहित आफुले सुरु गरेको कालिगण्डकी कोरिडोर सम्पन्न भए पछि त्यहाँले केहि राहत पाउने र आय आर्जनमुलक कार्यक्रमबाट त्यहाँका जनतालाई आत्मानिर्भर बनाउन आफु संग थुप्रै भिजनहरु भएको बताए।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!