एमाले कञ्चनपुरका अध्यक्षले बिना मगर एमालेकी उम्मेदवार भन्दा पड़कियो ताली

पुनर्वास, २ मंसिर । केन्द्रमा एकाएक नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन र पार्टी एकता प्रक्रिया सुरु भएपछि एमाले र माओवादीका कार्यकर्ता अन्यौलमा थिए ।

एकातिर अन्यौल र अर्कोतिर चुनावी तालमेललाई सफल पार्नुपर्ने जिम्मेवारी बोकेका कार्यकर्तालाई सम्झौता नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ का उम्मेदवार तारा लामा तामाङले भने, ‘बिना मगर एमालेकी उम्मेदवार हुन् र म माओवादीको उम्मेदवार हुँ ।’

गाउँगाउँमा तालमेल र एकताको औचित्य र आवश्यकताबारे आधिकारिक प्रशिक्षण नभएको अवस्थाबीच पुनर्वास नगरपालिकाको २ नम्बर वडास्थित मोतिवस्तीमा आयोजित संयुक्त वडा भेलामा तामाङले भने, ‘गोलाकार भित्रको हँसियाहतौडा एमालेको पनि चुनाव चिन्ह हो र सुर्य माओवादीको पनि चुनाव चिन्ह हो । दुबै चुनाव चिन्ह दुबै पार्टीका साझा चुनाव चिन्ह हुन् ।’ तामाङले वाम तालमेल झल्किने गरी सम्बोधन गर्दा दुबै पार्टीका नेता कार्यकर्ताले ताली पड्काए । आसन्न चुनाव वामपन्थी र दक्षिणपन्थी, विकासप्रेमी र विकास विरोधीबीचको प्रतिस्पर्धा भएकाले चुनावबाट वामपन्थी शक्तिलाई विजयी गराउने अभियानमा जुट्न सबैलाई निर्देशन दिए ।

वामपन्थी गठबन्धनले नेपाललाई समृद्ध बनाउने खाका सहितको घोषणापत्र सार्वजनिक गरेको बताउँदै तामाङले आसन्न चुनावबाट सबै वामपन्थीले जित्नुपर्ने बताए । ‘चुनावमा जित्ने बिना र तारालामा होइन, तपाई हामी सबै र वामपन्थी गठबन्धन जित्ने हो,’ तामाङले भने, ‘यो अभियानलाई सबैले मिलेर सफल बनाउनुपर्छ ।’ कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बिना मगरले कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आव्हान गरिन् ।

‘जनताको निरन्तर सम्पर्कमा रहने कार्यकर्ता नै हो । जनताका कुरा कार्यकर्ताले बुझ्ने र कार्यकर्ताले ती कुरा नेतासम्म पु¥याउने हो,’ उनले भनिन्, ‘कार्यकर्ताले ल्याएका जनताका विषयलाई समाधान गर्न उम्मेदवार र नेताले सधैं सक्रिय हुने हो ।’ स्थानीय आवश्यकता अनुसार नेता कार्यकर्ताले गरेको वाचा र प्रतिवद्धतालाई चुनाव जितिसकेपछि सदैव सक्रिय रहने उनले बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!