मापसे गरी ड्राइभिङ्ग गर्दा यस्तो सजायँ पाइन्

यस्तो हुँदा पनि यी देशका धनी युवती खुशी छन्

कोपेन हेगन, मंसिर २ । नार्वेकी आस्लो सिटी कोर्टले २२ वर्षीया छात्रा कैथरिना जी एन्ड्रेसनलाई मापसे गरी कार ड्राइभिङ्ग गरेका कारण १९–७६ लाख रुपैयाँ (३० हजार, ४०० डलर) का जरिवाना लगाएको छ ।

यसको बाबजुद पनि आफूलाई भाग्यमानी मानिरहेकी छिन्, किनकी नार्वेको कानूनअनुसार नशामा ड्राइभिङ्ग गर्ने पक्राउ पर्ने अपराधीमाथि उसको सम्पत्तिको विवरणका आधारमा जरिवाना तिर्नुपर्दछ ।

देशकी सबैभन्दा धनी युवती

– फोब्र्सका अनुसार– कैथरिना नार्वेका सबैभन्दा बढी धनी महिला हुन् र उनको कुल सम्पत्ति ७, ९९६ रुपैयाँ (१.२३ अरब डलर) रहेको छ ।

– यस्तैमा उनीमाथि ३२ करोड रुपैयाँसम्म जरिवाना तिर्न सक्दछिन् । तर, पहिलो गल्तीलाई अदालतले छोडियो ।

–हालैमात्र अदालतले उनको १३ महिनासम्म सवारी चलाउन रोक लगाइदिएको छ । यस्तो अवस्थामा यदि उनले ड्राइभिङ्ग गरेको पाइयो भने उनलाई कडा कारबाही गर्न सक्दछ ।

–एन्ड्रेसनको बुवाले २००७ मा आफ्नो कम्पनीको ४२ प्रतिशत शेयर उनको नाममा गरिदिएको छ । यसपछि फोब्र्सले एन्ड्रेसनको दुनियाँ सबैभन्दा कम उमेरकी दोस्रो धनी महिला घोषित गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!