जनकपुरमा विकासको ढोका खोल्न आफ्नो उम्मेदवारीः निधि

काठमाडौँ, मंसिर २ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरलाई सांस्कृतिक, धार्मिक, शैक्षिक केन्द्र बनाउने बताएको छ ।

धनुषाको मुखियापट्टि मुसरनियामा आयोजित चुनवीसभामा बोल्दै नेता निधीले समग्र जनकपुरको विकासको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे । उनले प्रदेश नं.२ लाई व्यापारिक क्षेत्र बनाउने भन्दै यसमा सबैको भुमिका महत्वपूर्ण हुने बताए ।

अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै नेता निधी आसन्न निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गरे ।

उनले काँग्रेसले मुलुकको राजनितिक स्थायित्व कायम गरेको भन्दै अब विकासको गति अघि बढाउन काँग्रेस नेतृत्व आवश्यक रहेको बताए ।

उनले भने– ‘संविधान निर्माणको काम पनि कांग्रेसको नेतृत्वमा भएको र कार्यान्वयनको पक्षमा पनि काँग्रेस गम्भीर भएको छ ।’

मधेशका जनताको अधिकारलाई कुन्ठित गरेर सविधान संशोधनको विपक्षमा एमाले उभिएको भन्दै जनताको अधिकारमाथि खेलवाड नगर्न पनि उनले आग्रह गरे ।

 

कमेन्ट गर्नुहोस्