वाम उम्मेदवार बिना मगरको क्रेजले बेलडाँडी गाउँपालिकामा कांग्रेस रित्तिँदै

बेलडाँडी, २ मंसिर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा वाम उम्मेदवार विना मगरको पक्षमा बढ्दै गएको क्रेजले बेलडाँडी गाउँपालिकामा कांग्रेस रित्तिँदै जान थालेको छ ।

कांग्रेसको बढी प्रभाव भएको क्षेत्र मानिने बेलडाँडी गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम ह्यात्तै बढेको छ । स्थानीय स्तरमा कांग्रेसका प्र्रभावशाली नेता ईश्वरीदत्त भट्ट माओवादी केन्द्रमा प्रवेश गरेको केही दिनपछि बेलडाँडी गाउँपालिकाको २ नम्बर वडाका २५ जना कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांग्रेसका क्रियाशील सदस्य हरिकृष्ण थापा, गणेश थापा, दिलबहादुर थापामगर, लक्ष्मी सुनार लगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य कांग्रेस कार्यकर्तामा बलराम सुनार, दुर्गादेवी सुनार, डम्मर सुनार, देवराज सुनार, राकेश सुनार, पुनम सुनार, लक्ष्मी अआचार्य, शिवराम सुनार, शेरबहादुर सुनार, पार्वती सुनार, गजेन्द्र थापा, अमृता सुनार, गोलमी सुनार, धनसरी सुनार, अनिता सुनार, पार्वती सुनार, दिलमाया सुनार, पार्वती परियार, राजबहादुर सावद, गणेश भट्ट र कृष्णबहादुर चुनारा रहेका छन् ।

कांग्रेसी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि बेलडाँडी गाउँपालिकामा माओवादी बलियो बन्दै गएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!