अगाडि बढ्दै छ प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्ति

रमेश विश्वकर्मा/

सन १९१७ मा रुसमा लेलिनको पाटी बोल्शेभिकको नेतृत्वमा अक्टोवर क्रान्ति भयो जसलाई विश्वका प्रगतिशिल विचारले रेड रेभुलेशन वा राता मान्छेहरुको महान क्रान्ति भनेर अथ्र्याएको पाईन्छ । तत्कालिन विश्वमा वसि खानेहरुका विरुद्धको गरिखानेहरुको यो क्रान्ति समाजवादी क्रान्तिको अभुतपुर्व प्रयोग मानिन्छ । विशौ सताब्दिको अक्टोवर क्रान्तिका पराकम्पहरु अहिलेको विश्व राजनितिमा पनि कम्पित भईरहेका छन, यसको पुष्टयाई अक्टोवर क्रान्तिको नाममा बनाएको सतवार्षिकिले गरेको छ । अक्टोबर क्रान्ति सम्बन्धि विश्वव्यापी अन्र्तराष्टिय सेमिनारले अक्टोबर क्रान्तिको महत्व माथी प्रकास पारेको छ ।

करिव १० दिन सम्म रुसमा चलेको अक्टोवर क्रान्तिको नेतृत्व स्वयम लेलिन र उनको पाटी बोल्शेभिक ले गरेका थिए भने यो क्रान्तिमा विश्व सर्वाहाराको अभुतपुर्व सहयोग र सहभागिता थियो । यसै क्रान्तिको जगमा विश्वमा समाजवादी आन्दोलनको पुर्नजागरण भयो र कयौ राष्टहरु अहिले पनि समाजवादको प्रयोगमा छन ।

तत्कालिन समयमा नेपालमा शासन व्यवस्थाले समाजमा चरम शोषण थियो सामाजिक रुपमा समाज बन्धक थियो भने राजनितिक रुपमा बन्दि, जे होस तत्कालिन नेपाली समाजमा अक्टोबर क्रान्तिको खासै प्रभाव पर्न नसकेन पनि समय क्रम सँगै समाजवादी आन्दोलनको विश्वव्यापी लहर र माक्र्शवादको प्रयोगका सवालमा हाम्रो समाजमा पेचिलो बहस वामपन्थिहरुको एकता प्रसंगले ल्याई दिएको छ ।

 विश्वमा नयाँ शन्देश र विश्व कम्युनिष्टहरुको निविकल्प नेतृत्व विकासका लागी पनि नेपाली वामपन्थि आन्दोलनले सम्भव भए सम्म प्रचण्ड पथ सहितको प्रचण्डलाई नेपाली माटोमा समाजवादी क्रान्तिको नेतृत्व दिनु पर्छ ।

विचार र सँगठन माथीको बन्देजका बाबजुद नेपालमा समाजवाद हुदै शुन्दर साम्यवादको स्थापनाका लागी कम्युनिष्ट पाटिको स्थापना भयो । नेपालको प्रजातान्त्रिक समयमा माक्र्शवादका अनुयायी पाटीहरु धेरै जन्मिए र भएका बलिया कम्युसनष्ट पाटीहरु विभाजित भए, यसको प्रभाव नेपालको समग्र विकासमा पर्यो । जसको परिणाम समाजवाद र साम्यवादको सवाल कम्जोर मात्र बनेन्न देश र सार्वभौमीकता नै कम्जोर बन्यो ।

रमेश विश्वकर्मा

नेपालको शन्दर्भमा समाजवादी विचारको विकास तिव्र गतिमा भएको पाईन्छ भने व्यावहार पुतिवादी व्यावस्थाको, नेपाली समाजमा समाजवादको जग बसाउन मुख्य चुनौती समाजवादी विचार पुजीवादी व्यावहारको विपरित्व हो । अहिलेको वामगठबन्धन, एकिृत कम्युनिष्ट पाटी र त्यसको मुल नेतृत्वलाई चुनौतीका हिमलहरु छन ।
देश संवैधानिक रुपमा समाजवादी व्यावस्थातिर जाने म्यान्डेट प्राप्त गरेको छ, अव उर्परान्त जस्तो संरचनाको विकास गरे पनि समाजवादको आधार निर्माणमा सहयोग हुनु पर्छ र हुनेछन ।

नेपालमा यति ठुलो ऐतिहासिक उपलब्धि कसरी प्राप्त भयो ? यसमा ईतिहासका ति सवै वलिदानीको उतिकै योगदान र सम्मान हुनु पर्छ र ऐतिहासिक उपलब्धि हासिल गर्न आधार निर्माण गर्ने माओवादी विद्रोहको प्रमुख भुमिकालाई अवमुल्यन गर्न मिल्दैन ।

निरंकुश शासनलाई माओवादी आन्दोलन र नेतृत्वले चुनौती दिन नसकेको भए, हाम्रो समाज राजनैतिक रुपमा कहाँ हुन्थ्यो ? नेपाली राजनितिक वृतले ईतिहासका सवै वलिदानीको समिक्षा गर्ने वेला आएको छ । अहिलेको वामपन्थहरुले समिक्षा गर्नु पर्ने वेला आएको छ । नेतृत्वका कारण यी ऐतिहासिक बलिदानीको अवमुल्यन हुनु हुदैन ।

वाम ध्रुविकरण सँगै देशले राजनैतिक स्थायित्व पाउने छ, आर्थिक विकासको तिव्र गति सँगै समाजवादको आधार निर्माण हुनेछ । वेरोजगार विदेशिएको युवा जमात देशमा फर्किने वातावरण बन्नेछ, वाम आन्दोलनमा अघिल्लो पुस्ताको यति ठुलो योगदानलाई हाम्रो पुस्ताले सम्मान गर्न सक्नु पर्छ ।

खुसीको कुरा त के हो भने, नेपालको कम्युनिष्ट आन्दोलनको ईतिहासमा देखिदै आएको विभाजन फेरी विभाजन अशोज १७ गतेको वामगठबन्धनको घोषणाको मिति देखि निरुत्साहित भएको छ । चुनावी तालमेल सहित पाटी एकता सम्बन्धमा नेपाली प्रगशिल समुदायले अनपेक्षित खवर पायो, तथापी संकाहरु छन, यसलाई यस अभियानका जिम्मेवार नेतृत्वले जनताको शंकालाई निराकरण गर्नु पर्छ । वाम एकिकरण प्रगतिशिल वामपन्थि र नेपाली समुदायको ऐतिहासिक राजनैतिक उपलब्धि हो, यो ऐतिहासिक कार्य वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको अघोषित २१औ सताब्दिको अक्टोबर क्रान्ति हो, वामखोल भित्रकै जडसुत्रिय, उग्रविचार भएका संगठन र अवशरवदी राजनितिक ठेकेदारहरुलाई वाम गठबन्धन मन परि रहेको छैन भने प्रतिक्रियावादीको स्वर्गमा महाभुकम्प गएको छ । यस बाट सवै नेता कार्यकर्ता र शुभेच्छुकहरु सचेत रहनु पर्छ ।

हेर्दा सामान्य लागे पनि वामतालमेल सहितको एकता लेलिनको नेतृत्वमा भएको महान अक्टोबर क्रान्ति भन्दा कम छैन, सवै सचेत प्रगतिशिल र वामपन्थि र नेतत्वले यसको मुल मर्मलाई सहि र विवेकपुर्ण रुपमा वुझ्न सकेको खण्डमा नेपालको राज्यव्यवस्थामा समाजवाद हुदै साम्यवाद तिर नेपाली समाजको यात्रालाई विश्व शत्तिले रोक्न सक्ने छैन, यति वेलाको मुख्य चुनौती सहि नेतृत्व छनौट र वाम एकताको सहि प्रयोग नै हो ।

नेपालको राजनितिमा रहेको वोल्शेभिक र मेन्सेभिक पाटी माओवादी र एमाले नै हुन, माओवादी पाटीका मुद्धाहरुले मुर्तरुप लिदै गर्दा एमाले र माओवादीको वृहत संगठनले उपलब्धिको रक्ष ागर्न आ आफ्नो ठाउ बाट योगदान दिनै पर्छ । अवको नेपाली कम्युनिष्ट आन्दोलन सत्ता सञ्चालनको लागी कांग्रेसको भर्यांग नबने पक्का छ ।

जेहोस वाम ध्रुविकरण सँगै देशले राजनैतिक स्थायित्व पाउने छ, आर्थिक विकासको तिव्र गति सँगै समाजवादको आधार निर्माण हुनेछ । वेरोजगार विदेशिएको युवा जमात देशमा फर्किने वातावरण बन्नेछ, वाम आन्दोलनमा अघिल्लो पुस्ताको यति ठुलो योगदानलाई हाम्रो पुस्ताले सम्मान गर्न सक्नु पर्छ, चाहे झापा विद्रोहका सिपाही हुन वा जनविद्रोहका योद्धाहरु सवैको अभियान समाजवादी अभियान नै हो यसलाई पुरा गर्ने जिम्मा नेपाली वाम आन्दोलन, प्रगतिशिल नेपाली समाज र वाम नेतृत्वको हो ।

वाम एकता नेपाली समाजको अपरिहार्यता हो, अहिले सवै वाम नागरिक र नेतृत्व वा अगुवाहरुले विना सर्त वामतालमेललाई स्विकार गर्दै अगाडी बढ्नु पर्छ, विमतीहरु छन ति विमतिहरुका सवालमा वाम गठबन्धनको चुनावी विजय पश्चात छलफल गर्नु पर्छ । प्रदेश र संसदको चुनावले समाजवाद निर्माणका लागी वाम नेतृत्वको विजयको विकल्प अरु सोच्न सकिदैन, अहिलेको चुनावी परिणामले नया बन्ने कम्युनिष्ट पाटीको मार्गचित्र कोर्ने हो, यसले भावि नेतृत्वपंत्ति जन्माउने हो, अहिले वाम गठवन्धनका सदस्य, नेता, कार्यकर्ता समर्थक शुभचिन्तकहरुले विजयी प्रतिनिधिहरुलाई राता मान्छेहरुको सर्वाहराहरुको सिपाहीको रुपमा हेर्नु पर्छ ।

अहिलेको वाम गठबन्धनलाई हार्ने छुट छैन, यदि यो गठबन्धनले चुनाव हार्यो भने वामपन्थिहरुका सपनाहरु यहि विन्दुमा खरानी हुनेछन, पाटी, नेतृत्व र सँगठनहरु ध्वस्त हुनेछन र नेपालमा अगाडी बढेको समाजवाद हुदै साम्यवादी जनताका सपनाहरु टुट्नेछन । यी खतराहरु बाट बच्न प्रगतिशिल जनतालाई अविवेकि बन्ने छुट छैन, एमालेको नेता, माओवादीको नेता भन्ने छुट छैन ।
कार्यर्तामा भावनात्मकता र विवेकिपनले काम गरयो भने नेपालमा कम्युनिष्ट पाटी र नेतृत्वमा समाजवादी आन्दोलनको विजारोपण हुनेछ हामी विजय हुनेछौ, हाम्रो जित पश्चात समाजवादी क्रान्तिका २ वटा मोर्चा बन्नु पर्छ, पहिलो सरकार नेतृत्व दोश्रो एकिकृत कम्यनिष्ट पाटीको नेतृत्व । कम्युनिष्टहरुको संसदमा करिव तिन तिहाई प्रतिनिधि हुनेछन, सवै प्रदेशको सरकारमा बहुमत वामपन्थिहरुकै हुनेछ सवै प्रदेशमा रेड पार्लियामेन्ट हुनेछन ।

नेपालको शन्दर्भमा समाजवादी विचारको विकास तिव्र गतिमा भएको पाईन्छ भने व्यावहार पुतिवादी व्यावस्थाको, नेपाली समाजमा समाजवादको जग बसाउन मुख्य चुनौती समाजवादी विचार पुजीवादी व्यावहारको विपरित्व हो ।

संविधान कार्यन्वयनको प्रमुख चरण प्रदेश र केन्द्रको चुनावको परिणाम पश्चात देशका वामएकता हुनेछ, सम्भवतः देश कम्युनिष्टमय हुने र राजनितिले नयाँ कोर्शमा प्रवेश पाउनेछ मुलतः त्यो कोर्षले समाजवाद हुदै साम्यवादको बाटो समात्ने छ, यहाँनिर विचार र नेतृत्वका सवामा नेपाली राजनिति मुख्यतः कम्युनिष्ट वृतमा पेचिलो बहस सुरु हुनेछ सजगताका साथ विवेकका साथ यसको निक्र्यौल गर्न जरुरी छ ।

समाजवादी क्रान्तिको नेतृत्वका सवालमा जुन सवाल छ वामपन्थि वृतमा प्रचण्ड निर्विकल्प नेतृत्व हो । प्रचण्ड युगले जन्माएको होनहार राजनितिक नेतृत्व हो, विश्व कम्युनिष्ट आन्दोलनमा सवै भन्दा बलियो र भर पर्दो राजनैतिक नेतृत्व प्रचण्ड नै हुन, उनले दश वर्षे जनयुद्धको सफल नेतृत्वमा मात्र गरेन्न पाटीलाई हराएर भए पनि शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याए, देश र जनताका खातिर प्रचण्डले धेरै ठुलो योगदान दिएको छ, २१ शताब्दिको यो दशकमा नेपाल जस्तो देशमा कम्युनिष्ट विचारको नयाँ प्रयोग विश्वलाई सिकाउन सक्नु प्रचण्डको क्षमता र नेपाली जनताको गौरव हो । विश्वमा नयाँ शन्देश र विश्व कम्युनिष्टहरुको निविकल्प नेतृत्व विकासका लागी पनि नेपाली वामपन्थि आन्दोलनले सम्भव भए सम्म प्रचण्ड पथ सहितको प्रचण्डलाई नेपाली माटोमा समाजवादी क्रानितको नेतृत्व दिनु पर्छ ।

अन्तमाः कम्युनिष्टहरु विचारमा कट्टर हुन्छन, अर्काको अस्तित्व स्विकार्न सक्दैन्न भलै ढिलै भए पनि विश्व कम्युनिष्टहरुको चरित्रलाई नेपाली वामपन्थि आन्दोलनले नयाँ पाठ सिकाएको छ, हामीले आफु भन्दा माथी देश र सम्वृद्धिलाई राखेर राजनितिको विकास गर्न सकेमा नेपालमा एक शताब्दि कम्युनिजमले सत्ता सञ्चालन गर्ने छ, हामीले कल्पना गरेको सुन्दर समाज, सम्वृद्ध समाज अनि विभेद रहित समाजको विकासका लागी पनि वाम गठबन्धनले विजय हुनै पर्छ, प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व लिनै पर्छ ।

 

कमेन्ट गर्नुहोस्