रोल्पामा फेरि सोनाम चढेको गाडीमा बम प्रहार

रोल्पा, मंसिर १ । रोल्पाको बामरुकमा माकेका उम्मेदवार चढेको गाडीमा बम प्रहार भएको छ ।

आज दिउँसो १ बजेतिर रोल्पा नगरपालिकाको लिबाङमा चुनावी सभामा जाँदै गर्दा विना विभागीय तथा माकेका उम्मेदवार कुलबहादुर केसी ‘सोनाम’ चढेको गाडीमा बम तथा ढुङ्गामुढा प्रहार भएको छ ।

सुलीचौर सातदोबाटो हुँदै रोल्पा नगरपालिका लिबाङको चुनावी सभा कार्यक्रममा जाँदै गर्दा बामरुकमा उनीहरूको प्रचार गाडीलाई लक्षित गरि बम तथा ढुङ्गामुढा प्रहार भएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!