कांग्रेस, राप्रपा र नयाँशक्तिका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

पुनर्वास, मंसिर १ । पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँका कांग्रेस, राप्रपा र नयाँशक्तिका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा १ नम्बर क्षेत्रको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक वीरबहादुर थापा ‘पातल’ले टीका लगाएर पार्टी प्रवेश गराएका छन् । राप्रपाबाट गोपालप्रसाद घिमिरे, भेषराज सापकोटा, प्रेमसागर राना, विशाल सापकोटा, दयाराज सापकोटा र लालबहादुर विक, नेपाली कांग्रेसबाट शेरबहादुर पुजारा, दिनेश सिंह, जनकराज जोशी र प्रेम जोशी, नेपाल विद्यार्थी संघका कपिल जोशी तथा नयाँशक्तिका किरण परियार, राजु विक, मोहन एसके, सन्दिप फुलारा, शंकर एसके माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको विकासका लागि बिना मगर र वाम गठबन्धनका उम्मेदवार नै सक्षम भएकाले विकासमा योगदान पु¥याउन माओवादी केन्द्रमा प्रवेश गरेको राप्रपाबाट प्रवेश गरेका गोपालप्रसाद घिमिरेले बताए ।

कांग्रेसका सांसद र उम्मेदवारले विगतमा विकासका लागि खासै काम गर्न नसकेका कारण वाम गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको कांग्रेसबाट प्रवेश गरेका शेरबहादुर पुजाराले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!