मिस वल्र्ड २०१७ः निकिता चन्दकलाई भोट गर्ने तरिका थाहा पाउनुहोस् ?

अबमात्र २४ घण्टा बाँकी

मंसिर १ । चीनको सन्यामा केही सातादेखि जारी ‘मिस वर्ल्ड २०१७’ को समापन हुँदैछ । देशको प्रतिनिधित्व गर्दै विश्वभरबाट सहभागी १ सय १८ सुन्दरीहरु मध्येबाट भोलि शनिबार कुनै एक भाग्यशाली सुन्दरीले मिस वल्र्डको ताज पहिरिने छिन् ।

प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छिन् । मिस वल्र्डको ताज नेपाल भित्र्याउने र नयाँ रेकर्ड बनाउने उदेश्यले उनी त्यहाँ पुगेकी हुन् ।

अहिले प्रतियोगीताको अन्तिम चरणमा छिन् । बिभिन्न चरण पार गर्दै टप १५ भित्र पर्नका लागि आफूलाई भोट गर्न उनले अपिल गरेकी छिन् । त्यसैले पनि अहिले उनलाई बिजेता बनाउन संसारभर छरिएर रहेका नेपालीहरु भोट गर्न सक्रियरुपमा लागिरहेका छन् । निर्णायक मतको लागि भोटिङ पनि महत्वपुर्ण मानिएको छ । चन्दकले पनि आफुलाई भोट गर्न अपिल गरेकी छन् ।

‘मिस वल्र्ड २०१७’ को लागि निकिता चन्दकलाई धेरैभन्दा धेरै भोट गरी जिताउनको लागि भोट गर्ने तरिका जान्न तलको भिडियो क्लिक गर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!