अब सिजी ब्राण्डका आकर्षक मोडलका नयाँ इलेक्ट्रिक गिजर बजार ल्याउँदै

दिवाकार नगरकोटी

काठमाडौं, मंसिर १ । नेपालीहरुले अत्याधिक रुमपा रुचाएको आफ्नै नेपाली सि.जी. ब्राण्डले हालै आएर नेपाली बजारमा विभिन्न किसिमका आकर्षक अरुभन्दा भिन्न तथा सरल प्रविधि भएका तीन वटा नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटरहरु ल्याएको छ ।

उक्त इलेक्ट्रिक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । जसमा धेरैभन्दा धेरै नयाँ विशेषताहरु रहेका छन् । यसमा अब ELCB (Earth Leakage Circuit Breaker) जस्ता मुख्य विशेषता रहेको छ ।

जसको कारण करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउँद छ । यसमा उच्च गुणस्तरको हिटिङ तत्व राखेको छ । जसको कारण अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्दछ । यसमा हामीले ७५ डिग्री सेल्सियस तापक्रम सम्म बढाउन सक्दछौं ।

अधिकतम तापक्रमबाट हुने क्षतिलाई पनि रोक्ने विशेषता यसमा रहेको छ । यसको मुख्य विशेषता भनेको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको छ ।

 

कमेन्ट गर्नुहोस्