अमेरिकामा राजेश गुरुङको आयोजनामा तीन गायिकाको भव्य कन्सर्टमा सम्मान

काठमाडौ, मङ्सिर १ । अमेरिकामा रहेका नेपाली कलाकार राजेश गुरुङको आयोजनामा अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ ।

थ्री एफ इन्टरटेन्टमेन्ट नाम दिएर गरिएको कार्यक्रममा नेपालवाट अमेरिका पुगेका तीन ख्यातिप्राप्त गायिकाहरु आस्था राउत, सिने गुरुङ र अभ्या एण्ड ब्याण्डले तहल्कापूर्ण प्रस्तुति दिएका थिए ।

यी तीन गायिकाहरुको सम्मान स्वरुप नै थ्री एफ इन्टरटेन्टमेन्ट कार्यक्रम गरिएको जानकारी अमेरिकावाट आयोजक कलाकार राजेश गुरुङले भनेका छन् । आयोजक कलाकार गुरुङका अनुसार तीन गायिका आस्था, सिने र अभ्यालाई न्यूयोर्कमा आयोजित उक्त कार्यक्रममा भव्य सम्मान गरिएको छ।

कार्यक्रम अत्यन्त सभ्य तथा भव्य भएको जनाइएको छ। यसअघि कलाकार गुरुङको आयोजनामा नेपालका अत्यन्त ख्यातिप्राप्त गायकहरु हरिश माथेमा, संजिप प्रधान र बाबु बोगटीको गायनको कन्सर्ट संपन्न भइसकेको छ।

 

कमेन्ट गर्नुहोस्