देशभर अधिकतम तापक्रममा गिरावट

काठमाडौं, मंसिर १ । पश्चिमी न्यूनचापीय क्षेत्रको विकास हुँदा मनसुन बदली भई देशभर अधिकतम तापक्रममा गिरावट आएको छ । न्यूनतम तापक्रममा भने कुनै परिवर्तन नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।

बंगालको खाडीदेखि बादको विकास हुँदै नेपाल प्रवेश गर्दा न्यूनचापीय असर बढेको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । परिणामस्वरुप पश्चिमक्षेत्रमा मौसम बदली र अन्यत्र आंशिक बदली भएको जनाइएको छ ।

पूर्व र पश्चिमका एक दुई स्थानमा शुक्रबार सामान्य वर्षा हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा बिहान ५ बजे वायुको तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!