संयुक्त चुनावी सभामा प्रचण्ड र ओली व्यस्त

काठमाडौं, कार्तिक ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संयुक्त चुनावी सभामा व्यस्त रहेका छन्

उम्मेदवारी मनोनयनसँगै गृहजिल्लामा चुनावी प्रचारमा व्यस्त भएका वाम गठबन्धनका शीर्ष नेता निर्वाचनको मिति नजिकिएसँगै विभिन्न जिल्लाका चुनावी सभामा केन्द्रित भएका हुन्।

चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने तयारी गरेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार गोरखाबाट चुनावी अभियानको सुरुवात गरेका थिए। बिहीबार दुवै दलका शीर्ष नेताले तीन जिल्लाका चार वटा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

वाम गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन कमिटीका अनुसार, स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा संयुक्त चुनावी सभाको आयोजना गरिएको छ।

वाम गठबन्धनका अध्यक्षद्वयले बुधबार गोरखाबाट चुनावी अभियान थाल्दै लमजुङसहित पाँच वटा चुनावी सभालाई सम्बोधन गरेका थिए। संयुक्त सभामा दुवै दलका नेताले गठबन्धनको औचित्य पुष्टि गर्दै विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गर्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!