मतदातालाई खरिद बिक्री गर्न खोजिँदैछः अपार

दिपक बोहरा

तुलसीपुर, कार्तिक ३० । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं.३ को १ का प्रदेश सभा सदस्यका उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले देशमा अस्थिरता पैदा गर्न चहाने शक्तिहरुले षड्यन्त्र गरिरहेको बताएका छन् ।

तुलसीपुरमा भएका बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै उनले यथास्थितबादी पार्टीहारुले अहिले मतदातालाई लोभलालच देखाएर खरिद बिक्रि गर्न खोजिरहेको आरोप लगाए ।

तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै अपारले भने– ‘परिवर्तन नचहाने शक्तिले जनतालाई भेडाबाख्रा सम्झेर खरिदबिक्रि गर्न खोजिरहेका छन्, यसमा जनतालाई सचेत रहन आग्रह गर्छु ।’

अहिले बामगठबन्धनले सम्बृद्धिका लागि ल्याएका एजेण्डा प्रति जनताको समर्थन देखेर काग्रेस लगायतका दल अतालिएको बताए। सम्बृद्धिका एजेण्डा देखेर चुनाबमा हार्ने निश्चित भएपछि जनतालाई खरिद बिक्री गर्न खोजिरहेको उनको भनाई थियो ।

साथै उनले ५ नं. प्रदेशको राजधानी दाङमा ल्याउन, समग्र दाङको विकास र सम्बृद्धिका लागि बामपन्थि शक्ति बाहेक अरुको बिकल्प समेत नरहेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!