नेपाल आइडल सकेको लगतै फेरि अर्काे गायन प्रतियोगिता सुरु

काठमाडौं, कार्तिक ३० । नेपाली गीत संगीतप्रति नयाँपुस्ताको झुकाव र यसमा टेलिभिजनका सांगीतिक रियालिटि सो हरुको प्रभाव ब्यापक देखिन थालेको छ ।

नेपाल आइडलको ब्यापक चर्चा र यसको क्रेज कम हुन नपाउँदै अर्को एउटा गायन रियालिटी शो हुने भएको छ । केही समयपछि नै प्रशारण सुरु हुने यो कार्यक्रममा अनलाइनमार्फत नै अडिसन दिन सकिने छ ।

द होराइजन मल्टीमिडिया प्रालिले होराइजन कभर गीत प्रतिस्पर्धाको नामबाट गायन प्रतियोगिता गर्न लागेको कार्यक्रमको संयोजक संगित बरालले जानकारी दिएका छन् ।

यूट्यूबप्रतिको मानिसहरुको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगीहरुलाइ पनि अनलाइनमार्फत नै अडिसन लिइरहेको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागि हुन चाहनेले मोवाइलमा आफुले गाएको गितको भिडियो बनाएर thehorizonmultimedia@gmail.com मा इमेल गर्नुपर्ने छ । पहिलो चरणमा आएका भिडियोहरुलाइ यूट्यूवमा अपलोड गरिने छ र त्यसमा दर्शकहरुको भ्यू र मतका आधारमा एक लेभलको जज गरिने छ भने चर्चित संगीतकार र गायकहरु जजको रुपमा रहेर उनिहरुलाइ दोस्रो चरणको लागि छान्ने छन् ।

अडिसन राउण्ड सम्म यूट्यूवमै सबै कार्यक्रम प्रशारण गरिने भए पनि दोस्रो चरण बाट कार्यक्रम यूट्युवको साथमा टेलिभिजनमा पनि प्रशारण हुने छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, एउटा गीत रेकर्ड तथा म्यूजिक भिडियो निर्माण लगायतका धेरै पुरस्कारहरु पाउने छन् भने उत्कृष्ट तिन ले समेत गित रेकर्ड र त्यस्को म्यूजिक भिडियो निर्माणको अवसर पाउने संयोजक बरालले बताएका छन् ।

अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति यही डिसेम्बर १ तारिखसम्म रहेको बताइएको छ ।

कार्यक्रममा सहभागिताका लागि होराइजन मल्टिमिडियाको अफिसियल फेसबुक पेज लाइक गर्नु पर्ने र यूट्यूव च्यानल “RK’S PRODUCTION ” सब्सक्राइब गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्