डडेल्धुरामा शेर बहादुर देउवा कि खगराज भट्ट ? यस्ताे छ एजेण्डा र अकगणित

डडेल्धुरा, कात्तिक ३० । निर्वाचन नजिकिएसँगै डडेल्धुराका राजनीतिक दलका नेता तथा कार्यकर्ता भोट माग्न गाउँ पसेका छन् ।

खास गरी लोकतान्त्रिक र बाम गठबन्धनले चुनावी प्रचारलाई तिव्रता दिँदै मत मागिरहेका छन् । प्रतिस्पर्धीको कडा आलोचना गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास उनीहरुले गरिरहेका छन् ।

दुई वटै गठबन्धनका नारा समग्र डडेल्धुराको विकास नै रहेको छ तर ग्रामिण भेग, गाउँपालिका लगायतका मतदाताहरुले समग्र विकासका मुद्दामा केन्द्रित रहेका छन ।

मंसिरमा हुने प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन अन्र्तगत कांग्रेसले राप्रपा, नयाँ शक्ति नेपाल सहितको नेतृत्व गर्दै प्रजातन्त्रको रक्षा, जारी संविधानको कार्यान्वयन र बेरोजारी, गरिबी न्युनिकरणसंगै समग्र विकासको अवधारणा सहित मतदाता मांझ भोट माग्न थालेको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले बताए ।

यस्तै नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धनमा पनि कांग्रेस डडेल्धुराले अधुरा राखेका विकास निर्माण कार्यलाई आफूहरुले पुरा गर्ने अवसर प्रदान गर्न प्रतिस्पर्धी शेर बहादुर देउवाका कमी कमजोरीलाई कोट्याउँदै जनतासँग मत माग्न बिभिन्न कार्यक्रमहरु गरिरहेको नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा.तारा प्रसाद जोशीले बताए ।

डडेल्धुरा लगायत ७ नं. प्रदेशमा रहेका विकास बिभिन्न संभावनाहरुलाई उजागर गर्न आफूहरुले उम्मेदवारसँग अपेक्षा राखेको मतदाता बताउँछन् ।

डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका रहेको छ । जसमा ८१ हजार ७ सय ३२ मतदाता छन् । डडेल्धुरामामा १ सय १७ मतदान केन्द्र र २ सय ७७ मतदान स्थल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!