धनगढीबाट पेस्तोलसहित एक युवक पक्राउ

कैलाली, कात्तिक ३० । कैलालीको धनगढी उपमहानगरपालिकाबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी रहेका बेला प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।

चुनावमा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण भइरहेको बेला सुरक्षा सतर्कता बढाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!