विप्लवले जलाइदिए मतदाता शिक्षा सामाग्री

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएर नष्ट गरेका छन् ।

निर्वाचनको खारेजीको विरोधमा रहेका नेकपाका कार्यकर्ताले बुधबार हिमा गाउँपालिका २ रनुखानागाउँबाट निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाएर नष्ट गरेका हुन् ।

मतदातालाई निर्वाचन शिक्षाका लागि स्वयम् सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठ गाउँमा पुगेका थिए । निर्वाचन शिक्षा सामाग्री जफत गरी नेकपा कार्यकताले जलाएर नष्ट गरिएको भन्दै नेकपाका पोलिटव्यूरो सदस्य रविकिरण तिरुवाले सामाजिक संजाल फेसबुकमा फोटो पोष्ट गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!