विकट ठाउँ सिसाखानी गाउँ पुगे लठ्ठी टेकेरः देवेन्द्र पौडेल

बिमल खड्का, सिसाखानी

बागलुङ, कार्तिक २९ । आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एउटै गठबन्धन बनाएर होमिएका छन ।

निर्वाचनलाई लक्षित गर्दै मंगलबार नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं.२ का प्रतिनिधि सभाका साझा वामपन्थी उम्मेद्वार देवेन्द्र पौडेल लठ्ठी टेकेरै बिकट ठाउँ बडिगाड गाउँपालिका वडा नं.३ सिसाखानीमा पुगेका छन ।

मोटर बाटोको असुबिधाका बाब्जुत करिब २ घण्टाको पदैल यात्रामा लठ्ठीको भरमा हिडेर चुनावी सभालाई सम्बोधन गर्ने त्यहा पुगेका हुन ।

चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले भने स्थानीय बासीहरुले धेरै दुःख पाएको रहेछ, तपाईंको माझमा आएको छु । जिताएर सिसाखानीको मुहार फर्ने पक्कै मलाई जिताउने छ भन्नेमा आशावादी छु । उनले भने बाचेको जिवन तपाईं जनतामै समर्पित गर्दै यस ठाउँको विकास मेरो पहिलो प्रथामिक हो त्यसैले जनता सामु आएको छु उनले भने ।

कार्यक्रममा सिसाखानी तामाखानी फलाम खानीको उत्खनन सिसाखानी रिघा आकाशे पुल खर्वाङ नौटुवा हुँदै सिसाखानी जोड्ने मोटरबाटो खानेपानीको उचित व्यवस्था लगाएतका मागहरु स्थानीयले पौडेल समक्ष राखेका थिए ।

त्यसको जवाफ दिँदै पौडेले भने यि बिकाशका कुरालाई प्रदेश तथा केन्द्र सम्म पुराई १० बर्ष सम्म कार्यन्वयन गर्ने गरि कार्योजना बनाई काम गर्ने उद्धोष गरेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!