प्रहरीद्वारा अवैध मदिरा बरामद

मेलम्ची,  कात्तिक २९ ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ ।

मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो।

मेलम्ची बजार क्षेत्रमा रहेका विभिन्न होटलमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको एक हजार ५०० लिटर घरेलु मदिरा बरामदपश्चात स्थानीय समाजसेवी, पत्रकारसहितको टोलीले नष्ट गरेको हो ।

मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

यसअघि पनि पटकपटक बजार क्षेत्रका विभिन्न स्थानमा र ओसारपसारको लागि लैजाँदै गरेको मदिरासहित मदिरा बनाउन प्रयोग हुने मर्चा प्रहरी कार्यालय मेलम्चीले बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!