गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व

प्रेम सुनार

गुल्मी, कार्तिक २८ । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । साउन मसान्तदेखि कार्तिक २६ गतेसम्म सरदर दैनिक २५ जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल दशै बिदा सकिएपछि र तिहार बिदा सकिएपछि बिहान आठ वजे देखि साँझ ८ वजेसम्म पनि प्रशासनमा खट्नु परेको थियो भन्छन् । प्रजिअ अर्यालका अनुसार असार मसान्तदेखि कार्तिक २५ गतेसम्म ८३ लाख ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ ।

जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार साउन महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार, दशै ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो ।

कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाख देखि २ लाख ८० सम्म राजश्व संकलन भएको छ । आश्विन २२ गतेका दिन गत एक वर्षको अवधीमा सम्म सवै भन्दा धेरै जनाले राहदानी लिएका थिए ।

उक्त दिन सवैभन्दा बढी २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एकदिनमा राहदानीबाट एक लाख भन्दा कम नहुठेको प्रजिअ अर्याल बताउँछन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ ।

आमाले घर छाडेर विदेश हिडेका तिन चार वर्षका बालबालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् । करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशासनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ ।

एकिन विवरण भने प्रशासनले आर्थिक वर्ष समाप्ती पछि मात्र सार्वजानिक गर्ने बताएको छ । राजश्य संगै गुल्मीमा रेमिट्यान्स पनि मासिक करौडौं भित्रिदै आएको छ । जिल्लामा पछिल्लो एक दशकमा केहि असहाय परिवार वाहेक दयानिय अवस्थाका गरिव परिवार कम मात्रमा देखिएका छन् ।

गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो, टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण वस्ती रहँन थालेका छन् ।

एउटै परिवारमा १२ वटा सम्म मोवाईल सञ्चालनमा छन् । प्रायः धेरैको हातमा महँङ्गा मोवाईले देख्न सकिन्छ । कतिपय परिवारमा ५÷६ हजार सम्म मोवाईल फोन खर्च भएको पाईन्छ । अव गाउँमा पनि पैसाको कमी छैन तर वैदेशिक रोजगारले कतिपय दम्पत्ती विचमा विश्वासको कमी भने निम्ताएको छ ।

कमेन्ट गर्नुहोस्