राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप

42 पटक पढिएको

काठमाडौं, कार्तिक २८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो ।

निर्धारित म्याद सकिएको तीन हप्तापछि बोर्डले फारम भर्ने म्याद थपेको हो । शैक्षिक सत्र २०७४–०७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्तसम्म र दोब्बर शुल्क तिरेर कात्तिक १५ गतेसम्म रजिष्ट्रेशन आवेदन फारम भर्न समय तोकेको थियो ।

बोर्डले तय गरेको निर्धारित समयमा धेरै विद्यार्थीहरुको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि म्याद थप गर्नुपरेको बोर्डले जानकारी दिए।

अनेरास्ववियू (क्रान्तिकारी) ले समेत बोर्डलाई म्याद थप्न ज्ञापनपत्र बुझाएको थियो । अब एक हजार जरिवाना बोर्डको बैंक खातामा दाखिला गरेको भौचरसहित मंसिर ४ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउन सकिने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  १२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली