एसीसी यु १९ एसिया क्रिकेटः सन्दिपको उत्कृष्ट बलिङले मलेसिया ४५ रनमा समेटियो

काठमाडौं, कात्तिक २८ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक मलेसियालाई ४५ रनमा रोकिएको छ। वर्षाले प्रभावित भएर २४ ओभरमा छोट्याइएको खेलमा सन्दिप लामिछाने ५ विकेट लिएपछि मलेसिया १५।३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा समेटिएको हो । नेपालका लागि सन्दिप लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ५ विकेट लिए।

यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र साहब आलमले २–२ र अनिलकुमार साहले १ विकेट लिए। टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली मलेसियाका लागि सैफ उल्लाह मल्लिकले १३ आजिद सायद मुबारकले १२ रना बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् ।

समूह ‘ए’ कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्ने छ।

समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार ब्यहोरेका छन् । दुवै टिमको २–२ अंक छ। बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल र भारतका लागि भने सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ।

सम्बन्धित् समाचार  Sandip Live: आइपिएलमा सन्दीप लामिछानेको बलिङ (हेर्नुस लाइभ भिडियो)

बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: