बाम गठबन्धनको उदेश्य तीव्र विकास र सुशासन: प्रचण्ड (फोटोफिचर)

चितवन, कार्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं.३का उम्मेदार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाम गठबन्धनको मुख्य उद्देश्य देशको तिब्र आर्थिक विकास र सुशासन मार्फत तीव्र आर्थिक विकास गर्दै सम्वृद्धि हासिल गर्ने भएको बताएको छ ।

मंगलबार निर्वाचन क्षेत्र अन्तर्गत रहेको पश्चिम चितवनको हरैयामा आयोजित चुनावी सभालार्इ सम्बोधन गर्दै सो कुरा बताएको हो ।

अध्यक्ष प्रचण्डले चितवनको विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेरदारी रहेको उहाले जोड दिए । व्यापार–व्यवसाय गर्ने जनतालार्इ पैसाको प्रलोभनमा पार्ने, जनतालार्इ रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध लाग्नेहरूको विरुद्ध खबरदारी गर्न जनसमुदायलार्इ अपिल गरे ।

अध्यक्ष प्रचण्डले केही उम्मेदवारहरु पैसाको बलमा जनतालार्इ भ्रमित पार्ने खेलमा लागेको आफूले जानकारी पाएको भन्दै तिनीहरूका पैसा खोसेर जनतालार्इ बाँड्न गठबन्धनका कार्यकर्ता तथा जनसमुदायलार्इ निर्देशन दिए ।

चुनावी सभा, घरदैलो तथा मतदाता भेटघाटका क्रममा गाजिपुरमा रहेको मदन स्मृति पार्कमा पुगेर जननेता मदन भण्डारीको स्मरण गर्दै अध्यक्ष प्रचण्डले मदन भण्डारीको सपना साकार हुने दिन आइसकेको बताए । गाजापुर स्वर्गिय मदन भण्डारीको सब प्राप्त भएको स्थान हो । अबको ५ वर्षमा चितवन विकास र सभ्यताको दृष्टिकोणले देशकै नमुना जिल्ला बनार्इछाड्ने विश्वास व्यक्त गरे ।

उनले भने– ‘विगतमा धेरै उम्मेदवारहरूले चितवनबाट चुनाव लडे, जितेपनि जनताको आशा पूरा गर्न सकेनन् म विगतमा अरूले नगरेका काम योजनाबद्ध ढंगले पूरा गर्न चितवन नै आएको हुँ ।’ उनले राजनीतिक लडार्इ पूरा भएको भन्दै अबको बाटो तीव्र विकाससँगै सम्वृद्धि मार्फत नेपाली जनताको मुहार फेर्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा चितवनलाइ रणनैतिक महत्वका योजनाहरू राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र जुन संचालनमा आइसक्यो, विशाल र आधुनिक औद्योगिक क्षेत्र निर्माणको चरणमा रहेको विशाल नदी नारायणी र राप्ती नदीमा तटबन्ध नगरी त्यसैको छेउबाट भरतपुरमा महानगर स्तरीय रिङरोड र लिंक रोड निर्माणको चरणमा रहेको र २ अर्बभन्दा बढी विशेष बजेट चितवनमा आफैंले व्यवस्था गरेर स्मरण गरे ।

शिक्षा, स्वास्थ्य पर्यटन, कुषि र औद्योगिक विकास मार्फत रोजगारी सिर्जना गरी सम्पूर्ण शक्ति राष्ट्रनिर्माणमा केन्द्रित गर्ने आफ्नो योजना रहेको बताए । यसका लागि ५ वर्षे स्थिर सरकार अनिवार्य भएको बताउँदै त्यसका लागि वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारहरूलार्इ विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा ३ नं. क्षेत्र प्रदेश ‘क’ का उम्मेदवार कृष्ण भूर्तेलले आफू चितवनवासीको सेवामा निरन्तर लागिपरेको बताउँदै आफूलगायत वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!