यसरी हटाउन सकिन्छ अनुहारको दाग

काठमाडौं । अनुहार मानव सौन्दर्यको सबैभन्दा महत्वपूर्ण भाग हो ।मानिसको अनुहारले ठूलो अर्थ राख्छ । यसमा कुनै दाग वा कालोपन देखिए अनुहार नै कुरुप देखिन्छ । अनुहारमा आएको डन्डिफोर, दाग वा चायाँले व्यक्तित्व समेत घट्छ ।

पुरुष होस् या महिला अनुहारमा दाग वा निशान भए कसरी हटाउने भनी तनाबमा हुन्छ । अनुहारमा भएको कुनै दाग वा डन्डिफोरको दाग हटाउन मानिसले मेडिकल ट्रिटमेन्टदेखि घरेलु उपायसम्म अपनाउँछन् । तीमध्ये पहिलो रोजाइ र उपचार भनेको घरेलु उपाय नै हो ।

गोरो र चम्किलो अनुहार सबैलाई मन पर्छ र आकर्षक पनि देखिन्छ । लामो समयसम्म घाममा रहदा, प्रदूषण, उमेर बढ्दै जाँदा, हार्मोनमा हुने परिवर्तनका कारण पनि अनुहार कालो र नराम्रो हुन्छ । जसले अनुहारको सौन्दर्यतामा नराम्रो प्रभाव पार्छ । कतिपयले अनुहारको भएको दाग हटाउन कस्मेटिक उपाय पनि अपनाउँछन् ।

तर, त्यसको साइड इफेक्ट पनि हुन सक्छ । जसले तपाईका अनुहार राम्रो बनाउने भन्दा पनि कुरुप बनाइ दिन सक्छ । त्यसैले सकेसम्म घरेलु विधि नै अपनाउनु राम्रो मानिन्छ ।

घरेलु विधिबाट यसरी हटाउन सकिन्छ अनुहारको दाग

अवश्यक सामग्री
–एउटा सामान्य आकारको आलु
–आधा चम्चा कागतीको रस

विधि
–आलुलाई ताछेर सानोसानो टुक्रामा काट्ने र कागतीको रस हालेर मिक्सरमा राम्रोसँग पेस्ट बनाउने ।
–उक्त पेस्टलाई अनुहारमा लगाएर १५ देखि २० मिनेटसम्म सुक्न दिने ।
– त्यसपछि मनतातो पानीले धोएर सफा तौलियाले पुछ्ने ।
–उक्त पेस्टलाई नियमित अनुहारमा लगाउनाले अनुहारमा भएको दाग हट्दै जान्छ ।

कमेन्ट गर्नुहोस्