कांग्रेस नेता एवं व्यवसायी बिष्ट वाम गठबन्धनमा प्रवेश

भरतपुर, कात्तिक २७ । चितवनको सौरहाका व्यवसायी एवं नेपाली कांग्रेसका स्थानीय नेता राजेन्द्रकुमार बिष्ट वाम गठबन्धनमा प्रवशे गरेका छन ।

सोमबार दिउँसो एमाले पार्टी कार्यालय भरतपुरमा आयोजित एक कार्यक्रममा बिष्ट वाम गठबन्धनमा प्रवेश गरेका हुन्। बिष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि बिष्टले राजनीतिक स्थीरता र समृद्धिको नेतृत्व गर्न नसकेकाले आफूले कांग्रेस परित्याग गरेको बताए।

आइतबार मात्रै राप्रपा प्रजातान्त्रिकका सहसचिव अन्नद ढकालसहित एक सय बढी युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका साझा उम्मेदवार प्रचण्ड यतिवेला चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा व्यस्त छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!