स्थानीय कांग्रेसकै निर्देशनमा माअाेवादी नेताहरुमाथी अाक्रमण: प्रचण्ड

काठमाडौं, कात्तिक २७ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय कांग्रेसकै निर्देशनमा माअाेवादी नेताहरुमाथी अाक्रमण भैरहेकाे अाराेप लगाएका छन् ।

सोमबार बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘आक्रमणकारीलाई प्रहरीले पक्रिँदा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एवम् रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ति निकालेकाले यसको पुष्टि भएकाे छ।’

प्रचण्डले भने, ‘हतियारसहित गिरफ्तार भए, विप्लवसँग सम्वन्धित मान्छेहरु । अमरसिंह पुन अहिले मन्त्री हुनुहुन्छ त्यहीँको रोल्पाको । उहाँले वक्तव्य निकालेर छोड्देऊ तिनीहरुलाई भन्नुभयो भनेपछि प्रष्टै देखियो नि त । तालमेल भएछ लोकल कांग्रेसको ।’

रोल्पा कांग्रेसका सभापति अमरसिंह पुन हाल सिँचाइ राज्यमन्त्री छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट माओवादी नेता वर्षमान पुन ‘अनन्त’सँग चुनावी प्रतिस्पर्धामा छन् ।

रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन विष्फोट गराइएको थियो भने आइतबार ढुंगा थुपारेर बाटो अवरुद्ध गर्दै गोली प्रहार गरिएको थियो ।

सो कार्यमा संलग्न भएको भन्दै प्रहरीले विप्लव निकटका केही कार्यकर्ताहरुलाई सोही स्थानबाटै पक्रेको थियो । त्यसलगत्तै कांग्रेस रोल्पाका सभापति समेत रहेका सिँचाइ राज्यमन्त्री पुनले विज्ञप्ति निकालेर पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका थिए ।

वाम गठबन्धनका उम्मेदवारलाई आक्रमण गर्ने र चुनाव बिथोल्ने कांग्रेसको केन्द्रीय नीति नै भएको निष्कर्ष भने आफूहरुको नभएको माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

प्रचण्डले भने, ‘यो कांग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप मेरो होइन । तर एउटा मन्त्रीले यसो गरेको हुनाले मेरो प्रधानमन्त्रीसँग भनाइ के छ भने यसलाई कन्ट्रोल गर्नुस् । यसले कांग्रेसलाई झन् नराम्रो गर्छ ।’

रोल्पामा माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गरी आक्रमण भएको थियो । यसमा विप्लव निकट कार्यकर्ताहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं.-३ मा अाफ्नाे प्रतिस्पर्धी नै नभएकाे पनि बताए । “चितवन-३ मा कांग्रेसका थुप्रै नेताहरु थिए, कांग्रेसकै नेता उठेकाे भए मेराे प्रतिस्पर्धी छन् भन्न हुन्थ्याे” पार्वतीपुरमा अायाेजित सभामा प्रचण्डले भने “कांग्रेसका साथीहरुले राप्रपालाई अघि सारे ।

एउटा लाेकतान्त्रिक पार्टीले राजतन्त्रकाे पक्षधर पार्टीका मान्छेलाई अघि सारेपछि मेराे प्रतिस्पर्धी छ कसरी भन्नू ? राजा फाल्न, गणतन्त्र ल्याउन संघर्ष गरेकाे कांग्रेसले हलाेमा भाेट हाल्दा बिपीकाे अपमान हुन्छ, गणेशमानकाे अपमान हुन्छ। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गीरिजा बाबूकाे अपमान हुन्छ। गणतन्त्र र संघीयताकाे अपमान हुन्छ।

तपाईं जिन्दगीभर जसका विरुद्ध लड्नुभयाे, त्यही पार्टीकाे हलाेमा भाेट हाल्न तपाईकाे कुन नैतिकताले देला ?” “जीवनकाे अन्तिम क्षणमा गीरिजा बाबू अस्पतालमा हुनुहुन्थ्याे, म भेट्न गएँ” प्रचण्डले भने, “गीरिजा बाबूले प्रचण्डजी याे देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भने। कांग्रेसलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएन। त्याे गीरिजा बाबूकाे गणतन्त्रप्रतिकाे निष्ठा थियाे। अहिले राप्रपालाई बाेकेर कांग्रेसले गणतन्त्रप्रतिकाे प्रतिवद्दता भूल्न खाेजेकाे छ।

याे कुरा कांग्रेसका साथीहरुले बुझ्न जरुरी छ।” अब नेपालमा कम्युनिष्ट र कांग्रेस बीच मात्र प्रतिस्पर्धा हुने बताए  उनले भने, “विचार मिल्ने पार्टीहरु एक हुनु नै देशका लागि राम्राे हुन्छ। राजनीतिक स्थीरताका लागि पनि थाेरै पार्टी हुनुपर्छ। कांग्रेसले पनि विचार मिल्नेहरुसँग एकता गराेस्। बामपन्थी एकता कसैका विरुद्ध लक्षित छैन। हाम्राे विचार मिल्याे र एक ठाउँमा अायौं। कांग्रेस पनि विचार मिल्नेहरुसँग मिल्दा हामी खुसी नै हुन्छाैं।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!