नेकपाका जिल्ला नेता कटुवाल पक्राउ

उदयपुर, कात्तिक २६ । विप्लब नेतृत्वको नेपाल कम्युनिट पार्टीका उदयपुरका जिल्ला नेता पूर्णबहादुर कटुवाललाई पक्राउ गरेको छ।

उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै घरमा कालोझण्डा राखेको अभियोग प्रहरीले नेकपाका जिल्ला नेता कटुवाललाई पक्राउ गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उदयपुर जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका ६ जना उम्मेदवारको घरमा कालो झण्डा राखेको छ ।

कटारी नगरपालिकाको मरुवाबाट घरमै बसिरहेको अवस्थामा कटुवाललाई आइतबार विहान प्रहरीले पक्राउ गरेको हो ।

नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनबाट उदयपुर १ की उम्मेदवार मञ्जु चौधरी, २ का उम्मेदवार सुरेशकुमार राई, प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की,रामकुमार खत्री, वाम गठबन्धनका उमेदवार नारायण बुर्जा मगर र प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका उम्मेददवार विष्णु राई दनुवारको घरमा कालो झण्डा राखेका छन्।

कमेन्ट गर्नुहोस्