आजबाट ‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ सुरु

काठमाडौं, कात्तिक २६ । आजदेखि हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले देशव्यापीरुपमा ‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ सुरु गरेको छ।

यो एक्सचेञ्ज कार्यक्रम देशभरि रहेका हुण्डार्इका डिलरमा हुने र यसबाट ग्राहकले ६ लाख २० हजार रुपैयाँसम्म फार्इदा लिनसक्ने कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

अविश्वसनीय मूल्याङ्कनसँगै उपहार, उत्कृष्ट नगद छुट, स्पट फाइनान्स तथा बीमा, चार वर्ष फ्रि सर्भिस, तीन वर्षको वारेन्टी, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीमा दिइने कम्पनीले जनाएको छ।

यो कार्यक्रम मंसिर २ गतेसम्म संचालन हुनेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!