प्रचण्डलाई आशीर्वाद दिन ४ घण्टा बाटो कुरीन ९१ वर्षीया बृद्दाले, भिडियो

भरतपुर, कात्तिक २५ । ९१ वर्षीया एक बृद्दाले चार घण्टा कुरेर माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन ३ का उम्मेदवार प्रचण्डलाई भेटेकी छन ।

चुनाव प्रचारका क्रममा घरदैलो अभियानमा रहेका प्रचण्ड शनिबार दिउँसो पटियानीमा आऊने सुनेपछि ९१ वर्षीय एक बृद्दा चारघण्टा बाटो कुरेर बसेकी बसेकी थिइन ।

बृद्दा अवस्था र लामो पर्खाईका कारण उनी उभिन नसकने अवस्थामा पुगे पनि प्रचण्डलाई भेट्ने मनोकामना पूरा गरिन ।

प्रचण्डले सो जानकारी पाउनसाथ उनी गाडीबाट तल झरेर ती बृद्दासँग आशीर्वाद लिए । उनको सच्चोविसाँचोका बारेमा जानकारी लिएकाे बताइएको छ ।

प्रचण्डलाई आर्शीवाद दिएपछि माला लगाइदिदै बृद्दा आमाले भनिन, ‘मनले चिताएको पूरा होस । जे काम आँटनु भा छ त्यो पूरा होस ।’

त्यसको जवाफमा प्रचण्डले भने, ‘यति बृद्द आमाले आशीर्वाद दिनु भा छ पक्कई पूरा हुन्छ । धेरै धेरै धन्यवाद ।’

शनिबार दिउँसो चुनाव प्रचारका क्रममा प्रचण्ड पटियानीमा आउने जानकारी पाएपछि ती बृद्दा अपरान्ह १ बजेदेखि प्रचण्ड आउने बाटाे हेरेर बसेको बताइन ।

हेर्नुस् भिडियोः

91 वर्षकी हजुरआमाको आशीर्वाद मनले आंटेको पुरा होस् शुभकामना ! हेर्नुहोस् १ मिनेटको भिडियो ।

Posted by Prakash Dahal / प्रकाश दाहाल on 11 ನವೆಂಬರ್ 2017

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!