नेकपाका तीन जना कार्यकर्ता पक्राउ

धादिङ, कात्तिक २४ । प्रतिनिधि र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपाका तीन जनालाई पक्राउ गरिएको छ ।

नेकपाका रसुवा जिल्ला सेक्रेटरीका रुपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घलेलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!