सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कसको कति(सूचीसहित)

काठमाडौं, कात्तिक २४ । सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको वजेट भाषणमा उल्लेख भए बमोजिकको नायँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।

सरकारले वजेटमार्फत सबै कर्मचारीको तलवमान २५ प्रतिशतले बढाएको थियो । कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेको छ । अघिल्लो सातामो मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान र सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।

नयाँ तलवमान अनुसार राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।

यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।

यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ । यस्तै निजामति सेवा अन्र्तगत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ ।

प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ ।







कमेन्ट गर्नुहोस्

error: Content is protected !!