पूर्व जनमुक्ति सेनामाझ प्रचण्ड, योगदानको कदर गर्न पूर्व लडाकुहरुको आग्रह

चितवन, कात्तिक २४ । शुक्रबार चितवनको कालिका नगरपालिकाको पदमपुरमा रहेका पूर्व जनमुक्ति सेना माझ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेका छन

जनयुद्दकालमा जनमुक्ति सेनाका कमाण्डर समेत रहेका प्रचण्डसँग पूर्व जनमुक्ति सेनहारूले राज्यबाट आफूहरु बिभेदमा परेको गुनासो गरे ।

गणतन्त्र ल्याउन पूर्व जनमुक्ति सेनाले खेलेको भूमिकाको राज्यले उपेक्षा गरेको, जीवन निर्वाहमुखी भत्ता पर्याप्त नभएको, अपांग, घाइतेहरूलाई जिबिकाको समस्या भएको उनीहरुले बताए ।

भेटका क्रममा पूर्व लडाकुहरुले अध्यक्ष प्रचण्डसँग हामी के का लागि माओवादी सेनामा लागेका थियौ भनी प्रश्न गरेका थिए । अहिले आएर जनयुद्धमा लागेर हामीले के पायौ र आगामी दिनमा पार्टीमा हाम्रो जिम्मेवारी के हो भनी साधेको थिए । र यो कुरा पार्टीले स्पष्ट पार्न प्रचण्डसँग आग्रह गरेका थिए ।

मुलुकमा भएका पछिल्ला राजनीतिक परिबर्तनका लागि मूख्य भूमिका निर्वाह गर्ने तत्कालिन लडाकूलाई राज्य र पार्टीले किन उचित सम्मान गर्न नसकेको प्रति पूर्वलडाकुहरुले अध्यक्ष प्रचण्डसँग गुनासो गरेका थिए ।

पूर्व लडाकूहरुको कुरा सुनेसकेपछि अध्यक्ष प्रचण्ड राज्यले सम्मान गर्न सकेन स्वीकार गर्दै भने, ‘तर पार्टी र अध्यक्षले बिर्सेको भन्ने सत्य होईन ।’ प्रचण्डले शान्ति प्रक्रियाको केही काम अझै बाँकी रहेको बताए ।शान्तिप्रक्रिया बाँकी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले काम गरिरहेको जानकारी दिए ।

दुबै आयोगको काम नसकिदै चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको प्रचण्डको भनाइ छ । आयोगले आफ्नो काम सिध्याएपछि शान्तिप्रक्रियाका बाँकी रहेको काम टुंग्याउने प्रकिया शुरु हुन्छ । त्यों टुंगिएपछि सबै युद्दपीडितहरुलाई क्षतिपूर्ति दिने सहमति यसअघि नै भइसकेको प्रचण्डले पूर्वलडाकूहरुलाई जानकारी गराएका थिए ।

युद्धपीडितका सम्बन्धमा राज्यबाट गर्नेपर्ने धेरै काम अझै बाँकी रहेको बताउदै प्रचण्डले भने, ‘पूर्वलडाकूको भत्ता बढाउने निर्णय म प्रधानमन्त्री भएको समयमै गरिसकेको छ । त्यो प्रक्रिया पुर्याएर वितरण हुन्छ ।

अहिले एमाले लगायतका दलसँगको वाम एकताको उद्देश्य राजनीतिक र आर्थिक हिसाबले देशमा नयाँ वातावरणको सृजना गर्ने भएको प्रचण्डको दावी छ । त्यसपछि विस्तारै आर्थिक गतिविधि बढाएर देशमै सबैलाई रोजगारको सृजना गर्ने रहेको उनको भनाइ छ ।

आर्थिक सम्बृद्धि र भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सृजना गर्दै समाजवाद को आधार तयार गर्न अहिले बृहत वाम एकताको अभियान शुरु गरिएको प्रष्ट पारे ।

वाम गठबन्धनले आगामी चुनाबलाई लक्षित गर्दै बनाएको चुनाबी धोषणापत्रमा समाजवाद निर्माणका लागि खाका कोर्ने प्रशस्त आधार र प्रक्रिया समाबेश भएका बताउर्दै त्यो घोषणापत्रमा पूर्व जन्मुक्ति सेनाका समस्या पनि समाधान हुने प्रचण्डको भनाइ छ ।

नयाँ विकासित राजनीति, देशको संक्रमण काल अस्थिर सरकार लगायतका कुराले गर्दा हिजोको माओवादी राजनीतिको चाहाना अनुसारको बाटो परिबर्तन गर्नु परेको बताए । तर पनि पार्टीले हिजो उठाएका कुनैपनि मुद्दालाई नछोडेको स्पष्ट पारे ।

राजनीतिक निकासका लागि आफूहरु हदैसम्म लचक भएकाले केही नेता तथा कार्यकर्तालाई माओवादीले हिजका सबै मुद्दा छोड्यो भन्ने लागे तर त्यसो सत्य नभएको बताए । प्रचण्डले भने, ‘दुख भयो भन्ने थाहा छ तर पार्टीले यो मुद्दा छोडेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!