राजनीतिको कखरा यहीँ सिकेको हाे : प्रचण्ड

भरतपुर, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी चितवनबाट पहिलो भएपनि आफूले राजनीतिको कखरा यहीबाट सिकेकोले नौलो नभएको बताएका छन । साथै नेपाली जनताकोे विकास र सम्बृद्धिको चाहाना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

भरतपुर वडा नम्बर ९ मा चुनाबी घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गदै प्रचण्डले भने, ‘राजनीतिका कखरा यहीबाट सिकेको हुँ त्यसैले मेरा लागि चितवन नौलो होइन ।’

राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार प्रचण्डले चितवनको वडा नम्बर ९ मा शुक्रबार घरदैलो कार्यक्रम मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै प्रचण्डले भने— “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष प्रचण्डले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका प्रचण्डलाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन पहल गरििदन आग्रह  गरिन ।

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!