लमजुङमा प्याब्सनको ‘स्पोर्ट मिट २०७४’ सञ्चालन हुने

काठमाडौं, कात्तिक २४ । निजि तथा आवासीय विद्यालय अर्गनाईजेसनद्धारा लमजुङमा प्याब्सन स्पोर्ट मिट २०७४ सञ्चालन हुने भएको छ । २८ औ प्याब्सन डेको अवसरमा प्याब्सन स्पोर्ट मिट २०७४ आयोजना गरीएको हो ।

विहीबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराइएको हो । जिल्लामा रहेका प्याब्सनमा आवद्ध निजि विद्यालयका विद्यार्थीहरुलाई खेलको माध्यमबाट विकास गराउने गराउने उदेश्यले प्याब्सन स्पोर्ट मिट २०७४ आयोजना गरीएको प्याब्सन लमजुङका अध्यक्ष तारानाथ घिमीरेले बताए ।

जिल्लामा कात्तिक २४ गते देखी २७ गते सम्म प्याव्सन स्पोर्ट मिट सञ्चालन हुने भएको छ । जिल्लाका २२ वटा निजि विद्यालयका विद्यार्थी सहभागीता हुने स्पोर्टमा करिव एक हजार भन्दा वढी विद्यार्थीले सहभागीता जनाउने भएका छन् ।

२०५३ सालमा जिल्लामा स्थापना गरिएको प्याब्सन लमजुङले सुरुवाती समयदेखी नै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अतिरिक्त क्रियाकलापमा समावेश गदै विद्यालर्थीलाई विभीन्न खेल खेलाउँदै आएको अध्यक्ष तारानाथ घिमिरेले बताए ।

जिल्लामा ३८ वटा निजी विद्यालयहरु सञ्चालनमा रहेतापनी २२ वटा विद्यालयका विद्यार्थीहरुले खेलकुद प्रतियोगीता प्याब्सन स्पोर्ट मिट २०७४ मा सहभागीता जनाउने भएका छन् । २२ वटा निजि विद्यालयका विद्यार्थीले १४ खेलमा सहभागीता जनाउँन पाउने प्याब्सन लमजुङका सचिव मेन घलेले बताए । प्रतियोगीतामा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पौष २४ गते प्याव्सन डे को अवसरमा पुरस्कार वितरण गरिने प्याब्सनका सहसचवि ज्ञानेन्द्र शर्माले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!