उपराष्ट्रपति पुन स्वागत समारोहमा

काठमाडौ‌ं, कात्तिक २३ । उपराष्ट्रपति नन्दबहादुर पुन संघीय गणतन्त्र जर्मनीको एकीकरण दिवसका अवसरमा बिहीबार साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफरले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वसांसद, विभिन्न राजनीतिक पार्टीका नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगपति, व्यापारी र वरिष्ठ पत्रकारको सहभागिता थियो ।

त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत सेफरले शान्तिप्रक्रियाको अन्तिम चरणमा पुगेको नेपालको राजनीतिक प्रक्रियामा सघाउन जर्मनी प्रतिबद्ध रहेको बताए ।

आगामी महिना हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनले नेपाललाई राजनीतिक स्थायित्व उन्मुख गराउनेमा आफ्नो मुलुक विश्वस्त रहेको धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!