मापसे गरे १० हजार जरिवाना

संखुवासभा, कात्तिक २३ । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका क्षेत्रभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले मादक पदार्थ सेवन गरेमा दश हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।

गाउँपालिका क्षेत्रभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि र कर्मचारीहरुले मादक पदार्थ सेवन गरे दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो । मदिरा सेवन गरेर कार्यालयमा आएमा सर्वसाधारणले पनि पाँच हजार रुपैया जरिवाना तिर्नु पर्ने नियम बनाइएको छ । गत बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

भौगोलिक हिसावले अत्यन्तै दुर्गम मानिएको सिलिचोङ गाउँपालिकालाई सभ्य र समृद्ध बनाउन भन्दै गाउँ कार्यपालिकाले यस्तो निर्णय गरेको बताईएको छ । जनप्रतिनिधि आउने बित्तिकै यस्तो निर्णय गरेको जिल्लामै पहिलो हो । जुन साह्रै सान्र्दभिक र प्रसंसनीय काम भन्र्दै विभिन्न ठाऊँका नागरिक समाजका अगुवाहरुले सकारात्मक टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!