चितवनका राप्रपाका २०० युवाहरु बाम गठबन्धनमा प्रवेश

भरतपुर, कात्तिक २३ । राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका छन्।

बिहीबार दिउँसो अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्।

युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा प्रवेश गराएका हुन।

बाम गठबन्धनमा प्रवेश गरेका युवा नेता राजेश कुमालले बिक्रम पाण्डेबाट चितवनको विकास र देशको नेतृत्व सम्भव नभएकाले आफू बाम गठबन्धनमा आएको बताए ।

यस अघि पनि राप्रपामा जिल्ला अध्यक्ष बद्री तिमिल्सिनासहित जिल्ला समितिका अधिकांश कार्यसमिति सदस्यसहित ठूलो संख्यामा नेता एवम् कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको थिए ।

अघिल्लो साता चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरी चुनाबी अभियानका क्रममा अध्यक्ष प्रचण्डले दुई हजार भन्दा बढी विभिन्न पार्टीका नेता एवम् कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!