बामगठबन्धनका उम्मेदवार भुसालको घरदैलो कार्यक्रम, यस्तो छ तस्बिरमा

ललितपुर, कात्तिक २३ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि ललितपुर क्षेत्र नं. ३ का वाम गठबन्धनका साझा उम्मेदवारहरु बुधबार घरदैलो कार्यक्रममा व्यस्त छन ।

प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको नेतृत्वमा ललितपुर महानगरपालिकाको वडा नं. १ हनुमानस्थान, कुपण्डोलबाट वाम गठबन्धनले क्षेत्र नं. ३ मा आफ्नो पहिलो घरदैलो कार्यक्रम शुरु गरेको छ ।

घरदैलो कार्यक्रममा ललितपुर क्षेत्र नं ३ माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार पम्फा भुसाल र एमालेको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार जीवन खड्का स्थानीय मतदाताका घरदैलोमा पुगेर नागरिकका गुनासा, समस्या सुन्नेर मतदानका लागि आग्रह गरिरहेका छन ।

तस्विरमा हेर्नुहोसः

 

कमेन्ट गर्नुहोस्