कैलाली अब वामपन्थीको लाल किल्ला हो, म भारी मतले जित्छु: लेखराज भट्ट

'वाम गठबन्धनभित्र कुनै आन्तरिक असन्तुष्टी छैन्'
259 पटक पढिएको

४५ वर्षदेखि निरन्तर वामपन्थी अान्दाेलनमा सक्रिय र जनयुद्धभन्दा अघिदेखि माअाेवादी राजनीतिमा क्रियाशिल माओवादी केन्द्रका नेता लेखराज भट्ट बामगठबबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार बनेका छन् । प्रदेश नम्बर ७ का इन्चार्ज समेत रहेका भट्टलाई माओवादीभित्र सुदुरपश्चिमका खम्बाका रुपमा हेर्ने गरिन्छ । सुदुरपश्चिमको भू–राजनीति, इतिहास,भाषा, संकृतिको समेत सुक्ष्म रुपमा अध्ययन गरेका भट्टको चुनावी एजेण्डा र समग्र कैलालीको चुनावी माहोलबारे एभरेष्टदैनिका लागि रघुनाथ बजगाँईँले लिएको अन्तरवार्ता:

कैलालीको चुनावी माहोल कस्तो छ ?

अहिले गरम भएको छ । पछिल्लो केहि दिनदेखि वामगठबन्धनको चुनावी गतिविधिले कैलाली पुरै तातेको छ । जनताको सक्रिय सहभागिता र चासोले राजनीतिक दल र तिनका उम्मेदवार तथा नेता कार्यक्रतालाई यसै बस्न दिएका छैनन । वाम तालमेलप्रति जनताको विश्वास पनि बढेको छ ।

लोकतान्त्रिक गठबन्धन देखिएका छैनन् र ?

उनीहरुका गतिविधि खास देखिएका छैनन् तर बिभिन्न क्लवमार्फत आर्थिक चलखेल गरिरहेका छन भन्ने सुन्छु । उनीहरु भित्रि रुपमा आर्थिक प्रलोभनमा पारेर चुनावी अभियानमा लागेका छन् । मतदातालाई पैसा दिने जस्ता कार्यको प्रतिवाद गर्न जनतालाई आव्हान गरिरहेका छौँ ।

तपाँई पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार, मतदाता के भन्छन ?

मतदाता कम्तिमा प्रश्न गर्न सक्ने भएका छन् । उनीहरु आफैँले विकासका कुरा उठाएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थापन कसरी हुन्छ भन्छन् । खानेपानी, सडक बिद्युत, उर्जा, उद्योगधन्दा, पर्यटन जस्ता बिषयमा के गर्ने हो भनेर सोध्छन् । चुनाव जितेपछि के गर्छाै ? तपाँईका एजेण्डा के हुन ? काम कसरी गछौँ ? तपाँईलाई जिताएर के पाउछौँ भन्छन ।

भनेपछि जवाफ दिन गाह्रो पर्यो होला !

हैन, झन सजिलो भयो नी, मैले आफ्ना एजेण्डा प्रष्टसंग राखेको छु । जव म राजनीतिमा लागे त्यतिबेला देखि नै यहाँको विकासमा मेरो मुख्य चासो रह्यो । जनयुद्धमार्फत पनि सुदुरपश्चिमको विकासका कुरा उठायौँ । शान्ति प्रक्रियामा आएपनि झन ससक्त बनाउन भुमीका खेलेकै छु । सेती लोकमार्ग, महाकाली लोकमार्ग जस्ता बिषयमा रोल खेलियो । अब त्यसको पुर्णता र स्तरउन्नतीको बिषय छ । म त्यो पुरा गर्छु । दोधारा चाँदनीको सुखाबन्दरगाहका बिषयमा भारतसंग बिभिन्न चरणमा छलफल भएका छन् । म २०६४ को निर्वाचन पछि श्रम मन्त्री हुँदा पनि यो बिषयमा धेरै कुरा भएका थिए । कृषि सडक कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । पर्यटन विकास, उद्योगधन्दाको विकास, स्थानीयस्तरमै रोजगारीका संभावनाको खोजी गर्ने र स्वरोजगारमृुलक कार्यक्रम ल्याउने एजेण्डा प्रस्तुत गरेको छु ।

सम्बन्धित् समाचार  मेयर उम्मेदवार गोकर्ण भट्टको सपना– बुढीतोलामा केबलकार, गोदावरीमा पर्यटन, अतरिया व्यापारिक केन्द्र

यहि नै हो मेरो जित्ने आधार भन्ने होला थप प्रश्न गरौँ भने,

हजुर, भनेका कुरा पुरा गर्छु । मैले राजनीतिलाई सेवाका रुपमा लिएको छु । कतिपयले राजनीतिलाई व्यापार जस्तो बनाएका छन् त्यसलाई रोक्न र काम गर्न सक्षम नेतृत्व छान्न जनता अब चुक्दैनन । सबैको साझा प्रतिनिधि भएर काम गर्ने मेरो प्रतिवद्धताले विपक्षी दलका कार्यकर्ता र त्यो लाममा रहेका भनिएका मतदाताहरुले पनि मलाई विस्वास गरेकाले मेरो पक्षको माहोल धेरै नै बलियो छ ।

मिठा सपना देखाउने तर पुरा गर्ने प्रष्ट आधार नहुने चुनावी प्रतिवद्धता विगतमा पनि देखियो, त्यहि नियति  अब दोहोरिन्न भन्ने के ग्यारेण्टी ?

हामीले संयुक्त घोषणापत्रमा प्रष्ट भनेका छौ । कति समयमा के गर्ने भनेर । विगतमा राजनीतिक संक्रमण भएकैले सबैले भनेजस्तो गर्न पाएनन । अहिले हामीले दुई तिहाई बहुमत ल्याउने संकल्प सहित वाम तालमेल गरेका छौँ । हाम्रो दुई तिहाई आउने पष्ट आधार पनि देखिएको छ । स्थिर सरकार बन्छ । ५ बर्षसम्म वामपन्थी सरकार हुँदा मैले यतिबेला गरेका बाचा पुरा गर्न असहज होला जस्तो लाग्दैन । पहिले पो यो भयो त्यो भन्न पाईन्थ्यो होला रे अब त्यो छुट कसैले पाउँदैनन । गरेका बाचा पुरा गर्ने आधार तय हुन्छ । घोषित एजेण्डा अनुसार जे गर्छु भनेको छु त्यो भन्दा बढि गर्छु, कम हुँदैन ।

वाम गठबन्धनभित्र पनि आन्तरिक असन्तुष्टी देखिएका छन नी !

अलि अलि हुनु स्वभाविक हो तर हामी छलफल गरेर त्यो टुङ्ग्याउछौँ । कैलालीको कुरा गर्ने हो भने यहाँ खास असन्तुष्टी छैन् । ७ नम्बर प्रदेश संभावनाको खानी नै हो । तै पनि पछि पर्दै आएको छ । यसैको विकासका लागि वाम तालमेल गरेका हौँ । याे अभियानका क्रममा आएको अलि अलि असन्तुष्टी खास समस्या होईन्न ।

सम्बन्धित् समाचार  माओवादीको केन्द्रको हेडक्वार्टर बिघटन, सचिवालय अधिकारसम्पन्न सर्वोच्च निकाय

चुनावी आँकलन कस्तो छ यति भोटले जित्छु भन्ने त्यस्तो के छ ? 

स्थानीय तहको चुनावलाई मात्रै हेर्ने हो भने पनि वाम गठबन्धनका कैलालीका सबै उम्मेदवारले जित्छन । यत्तिउत्ति भनिरहनु परेन भारी मतले जित्छौँ, म पनि ढुक्कले जित्छु ।

कमेन्ट गर्नुहोस्