प्रचण्ड र ओलीले गोरखाकाे संयुक्त चुनावी सभालार्इ सम्वोधन गर्ने

अन्त कहाँ कहिले हुँदै छन ?

काठमाडौं, कात्तिक २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी कात्तिक २९ गते गोरखामा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन ।

यसअघि नै एमाले र माओवादीले एकअर्का पार्टीको बैठकलाई सम्बोधन गर्ने निर्णय गरेका थिए । यसबीचमा एक अर्काका भेला तथा सभालाई दुबै पार्टीका नेताहरुले सम्बोधन गरेका छन ।

तर आगामी कात्तिक २९ गते गोरखामा संयुक्त चुनाबी गर्ने जसलाई अध्यक्ष ओली र प्रचयडले सम्बोधन गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

गोरखाका त्यस्ता सभा चार स्थानका हुने बताइएको छ । गारेखामा क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गथठबन्धनबाट नयाँशक्तिका डा बाबुराम भट्टराई चुनाबी मैदानमा छन । जुन आगामी निर्वाचनको बढी चर्चा र चासोका साथ हेरिएको क्षेत्र हो । किनकी गोरखा २ मा पहिला एउटै पार्टीका सहयात्री अहिले प्रतिस्पर्धाका छन । गोरखापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् ।

झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ । यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।

कहिले कहाँ–कहाँ हुँदैछ ?

कात्तिक ३० गतेः गोरखा, बाग्लुङ र स्याङ्जा (प्रचण्ड र ओलीले सम्बोधन गर्ने)

मंसिर २ गतेः झापा

मंसिर ३ गतेः झापाको काँकडभिट्टा र मोरङ

मंसिर ५ गतेः बुटवल र दाङ

मंसिर ७ गतेः सुर्खेत र दैलेख

मंसिर ८ गतेः कैलाली र कञ्चनपुर (छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्ने)

मंसिर ९ गतेः पोखरा (दुई नेताले संयुक्त)

कमेन्ट गर्नुहोस्