नारायणकाजी श्रेष्ठ भूकम्पपीडितको घर बनाउन राखिएको रडमा अल्झिएर लड्दा घाइते

घाइते भएपछि उनको घरदैलो कार्यक्रम प्रभावित भएको छ ।

सुलिकोट गाउँपालिकाको सौरवानीमा घरदैलो गर्दा मंगलबार भूकम्पपीडितले घर बनाउन राखेको रडमा अल्झिएर श्रेष्ठ लडेका थिए । ‘निधारमा र खुट्टामा सामान्य चोट लागेको छ,’ श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले भने, ‘बुधबार बारपाकमा घरदैलो गर्ने कार्यक्रम थियो, तर हुन सकेन, अब एक–दुई दिन पछि सर्छ ।’ –नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!