एक सय जोडीले बेलुनमा हावामा उडेर विवाह गरी बनाए विश्व रेकर्ड

काठमाडौं, कात्तिक २२ । चीनको हुबेई प्रान्तको वुहानमा एक सय नयाँ जोडीले विवाहको अनौठो इतिहास रच्न सफल भएका छन ।

विश्वमा पहिलो पटक एक सय जोडीले एकै साथ ‘हट एयर बेलुन’ मा हावामा उडेर विवाह गरेका छन । यो विवाहलाई गिनीज बुक अफ वर्ल्ड रेकार्डमा समावेस गरिएको छ ।

विवाह गर्नु अघि एक सय जोडी बेलुनमा बसेर हावामा उडें । त्यसपछि उनीहरुले विवाहको रीति पुर्याए विवाह गरे । एक जना दुलहीका अनुसार एक सय नयाँ जोडीका साथ हावामा विवाह गर्नु जीवनको सबैभन्दा सम्झन लायक क्षण भएको बताइन ।

मेरो जीवन साथीले सबैका अगाडि प्रेमका नमूना प्रदर्शन गरे । पायलट जूओ डान ले भने ‘हट एयर बेलुन’ सबै एयरक्राफ्टमध्ये सुरक्षीत मानिन्छ । किनभने यसमा इन्जिन हुदै । यो तातो हावाले चल्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!